News Portal

भ्रष्टाचारको आरोप लागेका हाईटीका राष्ट्रपतिले राजीनामा दिन नमानेपछि आक्रमण गरी हत्या

हिमालीसंचार संवाददाता
५२८ पटक

एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपति मोइज ज्यान गएको कुरा हाईटी अन्तरिम प्रधानमन्त्रीले वक्तव्यमार्फत पुष्टि गरेका छन् । आक्रमणमा राष्ट्रपति मोइज श्रीमती घाइते भएको समेत जनाइएको छ । राष्ट्रपतिकै हत्या भएपछि अन्योलता बढिरहेको बेला अन्तरिम प्रधानमन्त्रीले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन्।

यसअघिका राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय मोइजले सन् २०१७ सालको फेब्रुअरीदेखि सत्ता सम्हालेका थिए । उनीमाथि भ्रष्टाचारको आरोप लाग्नुका साथै उनको विरोधमा देशमा हिंसात्मक विरोध प्रदर्शनहरू हुँदै आएको थियो । उनको राजीनामाको मागसमेत भइरहेको थियो । 

हाईटीका विपक्षी राजनीतिक संगठनहरूका अनुसार राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै सकिए पनि उनले पद त्याग गर्न आनाकानी गर्दै आएका थिए । तर मोइजले आफूले एक बर्ष ढिलो गरी सत्तारोहण गरेकाले कार्यकाल अझै बाँकी रहेको दाबी गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...