News Portal

जे गर्दा पनि सरकारको आलोचना  : सञ्चारमन्त्री

हिमाली संचार संवाददाता
६९२ पटक

सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल बास्कोटाले जे गर्दा पनि सरकारको आलोचना भइरहेको बताएका छन् । बनेपा महोत्सवको उद्घाटन गर्न काभ्रे आएका उनले मुलुक र जनतालाई सुखी र समृद्ध हुने कुरामा टसको मस नहुने बताए । उनले आलोचना गर्नेकै जिब्रो थाक्ने तर्कसमेत गरे ।

‘सपना देख्दा पनि यो देशमा अपराध जस्तो ठानिन्छ, सपना देख्न हुँदैन भनिन्छ, त्यसो भए कसरी बन्छ त देश,’ उनले भने, ‘अश्लील भिडियो बन्द गर्न निर्देशन दिँदा पनि ममाथि भयंकर आलोचना भएको छ, त्यसो भए के नांगा तस्बिर छ्याप-छ्याप्ती कोठाभरी जताततै छाप्ने, कुनै फिल्म हलै चलाए भो नि त, के समाजको माग त्यस्तो हो र?’

‘सपना देख्दा पनि यो देशमा अपराध जस्तो ठानिन्छ, सपना देख्न हुँदैन भनिन्छ, त्यसो भए कसरी बन्छ त देश,’ उनले भने, ‘अश्लील भिडियो बन्द गर्न निर्देशन दिँदा पनि ममाथि भयंकर आलोचना भएको छ, त्यसो भए के नांगा तस्बिर छ्याप-छ्याप्ती कोठाभरी जताततै छाप्ने, कुनै फिल्म हलै चलाए भो नि त, के समाजको माग त्यस्तो हो र?’

समाजको आफ्नै मुल्य मान्यता, राज्यको दायित्व हुने भन्दै उनले त्यस्तो हुन नदिने बताए। मन्त्री बास्कोटाले काभ्रेस्थित सूचना प्रविधि पार्कमा सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालनको तयारी गरेको बताए। मुद्रा, नागरिकता, राहदानी, सवारी लाइसेन्स, नम्बर प्लेप्ट, एटिमकार्ड जस्ता संवेदनशील वस्तु विदेशमा छाप्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल प्रेस स्थापना गर्ने दाबी गरे।

पाँचखालस्थित विशेष आर्थिक क्षेत्र (सेज) तत्काल सञ्चालनमा आउने भन्दै लगानी गर्न उद्योगीहरूलाई अनुरोध गरे। जिल्लालाई पर्यटकीय हबका रुपमा विकास गराउन सरकारले बनेपाको नागिडाँडामा बैकल्पिक विमानस्थलका लागि डीपीआर गरिसकेको बताए। सुनकोसी तेस्रो जलविद्युत् आयोजनाका लागि ५५ करोड विनियोजन भएर सर्भे गरिरहेको बताए।

खेलकुदको विकास गर्ने, स्थानिय कला संस्कृतिको जर्गेना गर्ने, व्यापार व्यवसाय प्रवद्र्धन गर्ने, कृषि, पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने, खेलको विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा काभ्रेलाई चिनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ। दशै लक्षित भनिएको महोत्सवमा कृषि घरेलु सामाग्री लगायत सय बढी व्यापारीक स्टल, बाल उद्यान, सूपथ मुल्य पसलहरू छन्। प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहनेछ।

जिल्लामा व्यापार व्यवसाय प्रवद्र्धन, घरेलु तथा साना उद्योगबाट उत्पादीत वस्तुको बजारीकरण गर्नु जिल्लाका कुना कन्दरामा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरण गर्न स्टलहरू नै विशेष छुटमा उपलब्ध गराइएको कर्माचार्यको भनाइ छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...