News Portal

नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

हिमालीसंचार संवाददाता
३९५ पटक

 

चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। 

बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो। सडकको बीचमा ढुंगो रहेकोले सवारीसाधन सञ्चालनमा समस्या थियो।

एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेका छन्। ढुंगोको दायाँबायाँबाट सवारी साधन सञ्चालन गरिएको छ। पहिरो खस्ने क्रम नरोकिएकोले ढुंगा फुटाउन सकिएको छैन।

सडक डिभिजन कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार ढुंगा फोर्ने तयारी छ। डोजर वा एक्साभेटरले धकलेर ढुंगा यताउता सार्न सक्ने अवस्था छैन।

यो ढुंगा खसेको ठाउँ नजिकै एउटा पसल थियो। त्यहाँका मानिस भने सुरक्षित छन्। अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा पहिरो खसेका थिए। ती पहिरो हटाइसकिएको छ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...