News Portal

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

हिमालीसंचार संवाददाता
२९१ पटक

गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ ।

गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

गोरखा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्काले पुल भत्किएका कारण आउ–जाउ बन्द भएको जानकारी दिए ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ स्थित ढुन्डुरे खोलाले मोटरेवल पुलको दुवै तर्फ कटान गरेकाले सो पुल जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...