News Portal

  • आत्मासात काम   नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

    हिमाली संचार संवाददाता
    ५८९ पटक

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

    मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे ।

    उनले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन पनि दिए ।

    प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराए ।

    मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

    कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...

    मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

    चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई...

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...