News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काठमाडौंमा प्रदेश नं.१ का मुख्यमन्त्री राईको सम्पर्क कार्यालय, मासिक भाडा साढे तीन लाख

    हिमालीसंचार संवाददाता
    ३५० पटक

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ। काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो ।

    करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालयका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।

    काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ । तर आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिइएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको हो ।

    कार्यालयमा मुख्यमन्त्री शेरधन राई कहिलेकाहीं मात्रै पुग्ने गरेको मन्त्रालय स्रोत बताउँछ । ‘मुख्यमन्त्री काठमाडौं जाँदा कहिलेकाहीं कार्यालयमा निस्कनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘मासिक साढे ३ लाख भाडा र दुई जना कर्मचारी रहेका छन्, उपलब्धि भने केही छैन, खर्च मात्रै बढिरहेको छ ।’ सम्पर्क कार्यालयमा रहेको छैटौं स्तरको दरबन्दी भने खाली छ ।

    यता मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले काठमाडौंमा हुँदा मुख्यमन्त्रीको भेटघाट सम्पर्क कार्यालयमा हुने गरेको बताए । ‘काठमाडौं जाँदा मुख्यमन्त्री र मन्त्रीहरु कार्यालयमा पुग्नुहुन्छ,’ उनले भने, ‘कार्यालय भेटघाटका लागि प्रयोग हुन्छ ।’ विराटनगरमा मुख्यमन्त्री शेरधन राईको निवास पनि भाडामा छ ।

    भाडाका नाममा मासिक ३८ लाख खर्च

    प्रदेश १ मा भाडाका नाममा मात्रै राज्यस्रोतबाट मासिक ३८ लाख २८ हजार भन्दा बढी खर्च भइरहेको छ । सातवटै मन्त्रालयले कार्यालय, आवास र गोदाम प्रयोजनका लागि घर भाडामा लिइएको छ ।

    मन्त्रालयका सचिवदेखि नायवसुब्बा तहसम्मका कर्मचारीका लागि घर भाडामा लिएर क्वाटर उपलब्ध गराइएको छ । क्वाटरका लागि प्रयोग गरिएका घरहरु गोदाम र कार्यालय प्रयोजनका लागि भनेर भाडामा लिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, निवाससहित प्रदेशमा सरकारी कार्यालय र गोदाम भाडामा मासिक ३८ लाख २८ हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भाडा बापत ४ करोड २१ लाख १२ हजार ३९३ रुपैयाँ खर्च भइसकेको छ । सोही अवधिमा जग्गा भाडा बापत दुई लाख २० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि घर बहाल तथा जग्गा भाडाका लागि सात करोड ६३ लाख नौ हजार बजेट छुट्याइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    गत वर्ष घर तथा गोदाम भाडा बापत चार करोड ४१ लाख ३४ हजार ८० रुपैयाँ खर्च हुँदा जग्गा भाडा बापत एक लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...