News Portal

मोरङका सन्तोषको स्वास्थ्यमा समस्या, परिवारको बिचल्ली !

हिमालीसंचार संवाददाता
७६० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका-४, स्थित कर्सिया बजार नजिकैमा बसोबास गर्दे आईरहेका एक घर परिवार बिचल्लीमा रहेका छन ।

मोरङको धनपालथान गाउँपालिका-४ बस्ने ३५ बर्षाका सन्तोष साह बिगत दुई महिनादेखि दुबै खुट्टा सुनिन्ने र पेट फुल्ने गम्भीर रोगबाट पिडित छन्। उनको आर्थिक अभावका कारण समयमै उपचार नहुनसक्दा अहिले उनी जीवन र मरणको अवस्थामा पुगेका छन ।  

सन्तोषको केही साता अगाडि उपचारका लागि जनप्रतिनिधि र विभिन्न संधसंस्था तथा स्थानीय युवाहरुको सक्रियतामा रकम संकलन गरेर उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि लगेको भए पनि उनको लिभर खराव भएको हुनाले डाक्टरको सल्लाह अनुसार उनको उपचार अब नहु नसक्ने जानकारी गराए पछि अहिले उनको घरमा रुवाबासी  चलिरहेको छ। 

उनको एक बर्ष अगाडि अरुको टेम्पु भाडामा लिएर आफ्नो पाँच परिवार पालनपोषण गर्दे आईरहेता पनि जब उनी बिरामी भए पछि उनको परिवारमा दुई छाक टार्ने समेत समस्या परेको छ । केही दिनका लागि सुनर्सी अभियान तथा विभिन्न संस्थाले उक्त परिवारलाई खाधन्य समेत वितरण गरेको थियो । 

श्रीमान बिरामी परेर मृत्युको मुखमा छट्पटी रहेको हुनाले उनको श्रीमती कमला  साह (परियार) अहिले श्रीमानको अगाडि बसेर रोई रहेकी छिन् । उनको १२ बर्षीय छोरी, १० बर्षीय छोरी र ८ बर्षीय छोरा बाबाको अगाडि बसेर रोइ रहेका छन।

कमलाले भनिन् अब श्रीमानको अवस्था नाजुक भएको हुनाले अब छोरा छारीहरुलाई कसरी पालनपोषण गर्ने ? उच्च शिक्षा कसरी दिनु भन्दै बिलौना पोखि रहेकी छिन् । उनले भनिन एउटा कोठा समेत भाडामा मासिक एक हजार रुपैयाँ तिरेर बस्दै आईरहेता पनि अब कोठा भाडा  कसरी तिर्नु भन्दै चिन्तित रहेकी छिन् । श्रीमानको उपचारका लागि उनले ८० हजार रुपैयाँ ऋण लिएर श्रीमानको उपचार गरेता पनि उनको श्रीमानको रोग भने निको भएन। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...