News Portal

मोरङको सुनवर्सीमा छोराले बुवाको हत्या ग’यो

हिमालीसंचार संवाददाता
७३० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-४ स्थित  जागी टोलमा बस्ने ६८ बर्षीय टिनताल ताजपुरियालाई घरायासी विवाद हुदा उनका छोराले कुटपिट गर्दा बुवालाई घाईते बनाएका थिए । 

घाईते बुबाको टाँउको, बाँया हातमा चोट लागेर गम्भिर अवस्था  भएपछि उनलाई उपचारका लागि बिराटनगरको कोशी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारमा सम्भव नभए पछि थप उपचारका लागि डाक्टरले भारतको सिलिगुडीमा उपचार गराउनु रिफर गरिएको थियो । 

आर्थिक अभावका कारण परिवारले घर फिर्ता ल्याएपछि उनको आईतबार बिहानै घरमा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ। प्रहरीले उनको ४० बर्षका छोरा दयालु ताजपुरियाले सुति रहेको अवस्थामा टाँउकोमा  ढुङ्गा प्रहार गरी बुबालाई घाइते बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

बुवाको मृत्यु पछि निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...