News Portal

गुल्मीको मालिका गाउँपालिकामा ‘लोकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउन ऐन पारित

हिमालीसंचार संवाददाता
३५६ पटक

गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनका लागि ऐन पारित गरेको छ । देशभर  लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको हो । 

बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो । 

स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ । 

उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न आवश्यक निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत रहेको गाउँपालिकाले उल्लेख गरेको छ ।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...