News Portal

गुल्मीको मालिका गाउँपालिकामा ‘लोकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउन ऐन पारित

हिमालीसंचार संवाददाता
३२१ पटक

गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनका लागि ऐन पारित गरेको छ । देशभर  लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको हो । 

बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो । 

स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ । 

उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न आवश्यक निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत रहेको गाउँपालिकाले उल्लेख गरेको छ ।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...