News Portal

  • सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा

    हिमालीसंचार संवाददाता
    ५३६ पटक

    काठमाडौं।
    सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन।

    बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ।

    कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ।

    निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन्। तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन्। सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधि छुट लिन थालेका हुन्। सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन्।

    यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले मंगलबारदेखि सेवा सुरु गरेको छ। सो कार्यालयले सवारी चालक अनुमतिपत्र नवीरकणका लागि ७०, ट्रायल परीक्षा उत्तीर्ण परीक्षार्थीको राजस्व कोटा ७०, सवारीचालक अनुमतिपत्र वितरण २ सय कोटा निर्धारण गरेको छ।

    ललितपुर कार्यालयले अनुमतिपत्र नवीकरणका लागि सय, ट्रायल पास राजस्व संकलनका लािग सय र सवारी चालक अनुमतिपत्र वितरण कालागि दुई सय कोटा निर्धारण गरेर शुक्रबारदेखि सेवा सुरु गर्ने जनाएको छ।

    सरकारले गत १६ वैशाखदेखि जारी निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाइएको हो। सोमबारदेखि नै सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा खुल्ला गरेको छ। सार्वजनिक यातायात भने अझै खुलेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...