News Portal

  • बेलायतमा वीर ​गोरखा सैनिक भिसी स्व. पुनको नाममा रेल सेवा संचालन

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    बेलायत – भूपू ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनु पर्छ भन्ने माग सहित आन्दोलित गरिरहँदा भिक्टोरिया क्रस पाएका ​गोरखा सैनिक भिसी स्व. तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा संचालन भएको छ ।

    ग्रेट वेष्टर्न रेलवे सेवाले भिक्टोरिय क्रस प्राप्त वीर भिसी स्व. तुलबहादुर पुनको सम्मानमा ब्रिटिस सरकारले उक्त रेलवे सेवा संचालन गरेको हो । लण्डनको पेडिङटन स्टेसनमा भिसी स्व. तुलबहादुर पुनको परिवार, गोरखा अभियान्तहरु, एनआरएनए यूकेका पदाधिकारीहरु र बेलायती चर्चित अभिनेत्री ज्वाना लुम्लेको समुस्थितीमा औपचारिक रुपमा उक्त रेल सेवा उद्धाटन गरिएको छ।

    ग्रेट वेष्टर्न रेलवे सेवाले भिक्टोरिय क्रस प्राप्त भिसी वीर स्व. तुलबहादुर पुनको सम्मानमा उक्त नामकरण गरेको कुरा रेलवे सेवाको पदाधिकारीले जानकारी दिएका छन् । दोस्रो विश्व युद्ध समाप्त भएको ७५ बर्ष पुगेको अबसर पारेर स्व. पुनको नाममा उक्त रेलवे सेवा नामरण गरेको हो। ग्रेट वेष्टर्न रेलवे सेवाका कम्युनिकेसन अफिसर, ड्यान पेन्सको अनुसार यस रेलवे सेवाले यस अघि पनि उच्च ब्यक्तित्वहरुको नाममा विभिन्न सेवा संचालन गरिसकेको र यस पटक भने भिसी स्व. तुल बहादुर पुनलाई समर्पण गर्दै रेल सेवा संचालन गर्न लागेको कुरा बताए । 

    ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलवे सेवाको नाम विभिन्न व्यक्तिका नाममा नामाकरण गरिरहेको बताइन् ।

    आयोजित एक समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा स्व. पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् । स्व. तुल बहादुरको नाम ईतिहासमा पहिल्यै अंकित भैसकेको छ। 

    रेलवे नामकरण भएपछी उहाँलाई सम्झिरहने मद्दत हुने कुरा बताइन । कार्यक्रममा गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेलवे सेवा संचालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद समेत दिए । उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड-१९ उच्च जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

    दोस्रो विश्वयुद्धको समाप्ति भएको करिब ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका कारण एकवर्ष पछि सारेको समेत बताइन् । सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा. ड्यारेन बोयरले स्व. पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए ।

    समारोहमा स्व. पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सक्नु भएन।

    कार्यक्रममा पूर्व गोरखाहरुको पनि उपस्थिति ररेको थियो । भिसी स्व. पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा संचालन हुने बताइएको छ ।

    स्व. पुनको जन्म सन् २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो। गत २० अप्रिल २०११ सालमा स्वर्गरोहण भएको थियो । स्व. पुन २१ वर्षको हुँदा दोस्रो विश्वयुद्धमा वीरता देखाउनु भए बापत उहाँलाई बेलायत सरकारले प्रतिष्ठित भिसी मेडल प्रदान गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...