रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, चोप्राहा स्थित नेवा टोलमा चट्याङ पर्दा एक जनाएको मृत्यु चार जना गम्भीर घाईते भएका छन्।
मृत्यु हुनेमा रंगेली-६ नेवा टोलका २३ बर्षीय नितेश रायको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घर नजिकैमा रहेको पिठारीको रुख मुनि बसिरहेको बेलामा दिउँसो करिब १ बजे चट्याङ पर्दा ४ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा स्थानीय २६ बर्षीय रबिन मंण्डल, ५५ बर्षीय अशोक मंण्डल, १७ बर्षीय विजय मंण्डल र २५ बर्षीया संगिता यादव समेत घाइते भएका छन । उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।