News Portal

नेपाल एसोसिएसन युएइद्वारा सदस्यता वितरण सुरु

हिमालीसंचार संवाददाता
६११ पटक

अबुधाबी।
युएइमा त्यहाको कानुन अनुरुप दर्ता भएको सामाजिक संस्था ” नेपाल एसोसिएसन” (दुबई लाइसेन्स नम्बर: १०९) ले यहि २१ जून २०२१ देखी सदस्यता खुल्ला गरेको छ। कामको शिलशिलामा युएइमा रहेका नेपालीहरुलाइ आपत-बिपत अनि अन्य समयमा जानकारीमुलक साथ र समर्थन अनि सहयोग गर्ने उद्धेश्य अनुरुप कार्यरत रहेको यस संस्थाले २ बर्षको अवधि सहितको सदस्यता खुल्ला गरेको बताएको छ।

कोरोना महामारीका कारण एउटा इमिरेट्स देखि दुतावास भएको इमिरेट्स सम्म जनालाइ पिसिआर (PCR) रिपोर्ट अनि चर्को यातायात भाडाको मारबाट जोगाउन उक्त संस्थाले नेपाली राजदुतावाससंगको समन्वय गरिकन हाल सहयोग गर्दै आइराखेको छ।

साथै, उक्त संस्था कम्युनिटी डेभलप्मेण्ट अथोरिटी- दुबई, युएइ अन्तर्गत युएइमा रहेको नेपाली समुदायलाइ जिम्मेवार प्रवासी बनाउने लक्ष्य राखेर १८ डिसेम्बर २०१९ दर्ता भएको हो।

यो संस्थाले आफ्नो भिजन यस्तो राखेको छ:
To be a pioneer partner of community development in UAE by providing innovative communal support.

निम्न मिसन पनि राखेको छ:
-To establish and provide long term service for Nepalese community to improve their quality of life in UAE.
-To help the Nepalese community to enhance their cultural quotient.
– To secure the best environment, lifestyle, and support personal development.

नेपाल एसोसिएसनले आफ्नो सदस्य बने बापत आफ्ना सदस्यहरुलाइ संस्थागत रुपमै थोरै नै सहि बेनिफिट (फाइदा) पनि दिने भएको छ। संस्थाद्वारा जारि बिज्ञप्तिमा अनलाइननै आबेदन दिन सकिने पनि जानकारी गराइएको छ।

साथै, फारम डाउनलोड गरि भरेर बुझाउन पनि सकिने र बिस्तृत जानकारीको लागि तल दिईएका मोबाइल नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।
१) +९७१५२८८४१५९१
२) +९७१५४५३३७५५७
३) +९७१५२६६७०७७४

फेसबुक पेजमा हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...