News Portal

सडकबाट ‘मामाघर’ पुगे सात बालकहरु

हिमालीसंचार संवाददाता
६३१ पटक

हेटौंडा।
हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका बालबालिकाहरु सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा (१४) छन्। हेटौंडा–४ स्थित हुप्रचौरको खसला आकाशमुनि बस्दै आएका बालबालिकाको दुःखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा संघसंस्थाले खाना र कपडा आदि सहयोग गर्ने गरेका थिए।

उद्धारको पहल पनि धेरै पटक भएको थियो। स्थानीय युवा समाजसेवी सुनिल गिरीले केही दिन अघिदेखि उनीहरुलाई खाजा र खानाको व्यवस्था गर्दै उद्धारमा विशेष पहल गर्नुभएको थियो। ती बालकलाई मामाघर नेपाल संस्थापक अर्पण पराजुलीले बाटोमा लामो समयदेखि परामर्श एवम् खाना/खाजा सहयोग गरिरहनुभएको थियो।

धेरै व्यक्ति तथा संघसंस्थाको पहल हुँदा पनि सडक जीवन त्याग्न तयार नभएका बालक आइतबार राति गिरी र पराजुलीसँगको लामो कुराकानीपश्चात् मामाघर जान तयार भएपछि सोमबार पीसीआर परीक्षण गरी बालकहरुलाई मामाघर नेपालमा र एक बालिकालाई माइती नेपालमा संरक्षणका लागि पुर्याइएको छ।

लकडाउनको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्न सकिएकोमा समाजसेवी गिरीले खुशी व्यक्त गर्नुभयो। गिरी उनै युवा हुन्, जसले मामाघरमा आश्रित सडक बालकहरुलाई हरेक दशैंमा एउटा खसी उपहार दिँदै आउनुभएको छ। ती बालबालिकाका अभिभावकलाई अविलम्ब सम्पर्कमा आउन मामाघर नेपाल मकवानपुरले अनुरोध गरेको छ।

मामाघरले हेटौंडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा तथा सुबिधा, शिक्षा, स्वास्थ्य र परिवारिक पुनर्स्थापना गर्दै आएको छ। मामाघर नेपाल मकवानपुर कसैको जन्मदिन र विवाह वर्षगाँठ आदि अवसरमा गरिएको सहयोगले सञ्चालन हुँदै आएको छ। दातृ निकायबाट हुने सहयोग र ‘एक व्यक्ति, एक ईंट्टा’ अभियानबाट हेटौंडा–११ मा मामाघर भवन निर्माण गरिएको पराजुलीले बताउनुभयो।

समाजसेवी सिद्धीलाल श्रेष्ठले जग्गादान गरेपछि भवन निर्माण गरिएको हो। पूर्वसडक बाल बालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सिप, शिक्षा र पारिवारिक पुनर्मिलनमा गराउने कार्य मामाघर नेपालको अभियान हो।

मामाघरले सडक बालबालिकामुक्त समाज निर्माण गर्ने लक्ष्यलाई सार्थक बनाउँदैछ। चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ्यान र आकाशलाई सिरक बनाउँदै आएकाहरुले आश्रय पाएका छन्। ५२ दिन हेटौंडाको सडकमा सडकबालकसँग बसेर अनुसन्धान गर्नुभएका पराजुलीले सरकारी, गैरसरकारी, व्यक्तिगत सबैको सकारात्मक साथ र सहयोग पाउनुभयो।

सडक बालकको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरुसँगै बिताएर उनीहरुलाई पुनर्स्थापनाका लागि राजी पार्नुपर्यो। सडक बालबालिकाको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताउनुभएको थियो पराजुलीले। अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजाँदा १४ जनाको शरीरमा एक सय ९६ वटा जुम्रा भेटिएको उहाँले स्मरण गर्नुभयो।

‘एकै जनाको शरीरबाट ९६ वटा जुम्रा फेला परेको थियो,’ उहाँले भन्नुभयो। हेटौंडालाई सडक बालबालिकामुक्त सहर बनाउने उद्धेश्यले २०६९ भदौ १३ गतेबाट अभियान सुरु गरिएको थियो। जुन, हाल सडक बालबालिकाको भविष्य खोज्ने स्थल बनेको छ। सडकमा पुगेका बालबालिकाको भविष्य ‘मामाघर’ ले उज्यालो बनाउने प्रयास गरिरहेको छ।

सडक बालबालिकाको समूह बिच्छु ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि पराजुलीसँग जोडिएको मामाको साइनो अरुतिर पनि सरेको छ। हेटौंडा क्षेत्रमा उहाँलाई चिन्नेहरु जुनसुकै उमेर, तह र तप्काका भएपनि ‘मामा’ भनी सम्बोधन गर्छन्।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...