News Portal

  • सडकबाट ‘मामाघर’ पुगे सात बालकहरु

    हिमालीसंचार संवाददाता
    ५८६ पटक

    हेटौंडा।
    हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका बालबालिकाहरु सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा (१४) छन्। हेटौंडा–४ स्थित हुप्रचौरको खसला आकाशमुनि बस्दै आएका बालबालिकाको दुःखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा संघसंस्थाले खाना र कपडा आदि सहयोग गर्ने गरेका थिए।

    उद्धारको पहल पनि धेरै पटक भएको थियो। स्थानीय युवा समाजसेवी सुनिल गिरीले केही दिन अघिदेखि उनीहरुलाई खाजा र खानाको व्यवस्था गर्दै उद्धारमा विशेष पहल गर्नुभएको थियो। ती बालकलाई मामाघर नेपाल संस्थापक अर्पण पराजुलीले बाटोमा लामो समयदेखि परामर्श एवम् खाना/खाजा सहयोग गरिरहनुभएको थियो।

    धेरै व्यक्ति तथा संघसंस्थाको पहल हुँदा पनि सडक जीवन त्याग्न तयार नभएका बालक आइतबार राति गिरी र पराजुलीसँगको लामो कुराकानीपश्चात् मामाघर जान तयार भएपछि सोमबार पीसीआर परीक्षण गरी बालकहरुलाई मामाघर नेपालमा र एक बालिकालाई माइती नेपालमा संरक्षणका लागि पुर्याइएको छ।

    लकडाउनको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्न सकिएकोमा समाजसेवी गिरीले खुशी व्यक्त गर्नुभयो। गिरी उनै युवा हुन्, जसले मामाघरमा आश्रित सडक बालकहरुलाई हरेक दशैंमा एउटा खसी उपहार दिँदै आउनुभएको छ। ती बालबालिकाका अभिभावकलाई अविलम्ब सम्पर्कमा आउन मामाघर नेपाल मकवानपुरले अनुरोध गरेको छ।

    मामाघरले हेटौंडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा तथा सुबिधा, शिक्षा, स्वास्थ्य र परिवारिक पुनर्स्थापना गर्दै आएको छ। मामाघर नेपाल मकवानपुर कसैको जन्मदिन र विवाह वर्षगाँठ आदि अवसरमा गरिएको सहयोगले सञ्चालन हुँदै आएको छ। दातृ निकायबाट हुने सहयोग र ‘एक व्यक्ति, एक ईंट्टा’ अभियानबाट हेटौंडा–११ मा मामाघर भवन निर्माण गरिएको पराजुलीले बताउनुभयो।

    समाजसेवी सिद्धीलाल श्रेष्ठले जग्गादान गरेपछि भवन निर्माण गरिएको हो। पूर्वसडक बाल बालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सिप, शिक्षा र पारिवारिक पुनर्मिलनमा गराउने कार्य मामाघर नेपालको अभियान हो।

    मामाघरले सडक बालबालिकामुक्त समाज निर्माण गर्ने लक्ष्यलाई सार्थक बनाउँदैछ। चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ्यान र आकाशलाई सिरक बनाउँदै आएकाहरुले आश्रय पाएका छन्। ५२ दिन हेटौंडाको सडकमा सडकबालकसँग बसेर अनुसन्धान गर्नुभएका पराजुलीले सरकारी, गैरसरकारी, व्यक्तिगत सबैको सकारात्मक साथ र सहयोग पाउनुभयो।

    सडक बालकको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरुसँगै बिताएर उनीहरुलाई पुनर्स्थापनाका लागि राजी पार्नुपर्यो। सडक बालबालिकाको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताउनुभएको थियो पराजुलीले। अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजाँदा १४ जनाको शरीरमा एक सय ९६ वटा जुम्रा भेटिएको उहाँले स्मरण गर्नुभयो।

    ‘एकै जनाको शरीरबाट ९६ वटा जुम्रा फेला परेको थियो,’ उहाँले भन्नुभयो। हेटौंडालाई सडक बालबालिकामुक्त सहर बनाउने उद्धेश्यले २०६९ भदौ १३ गतेबाट अभियान सुरु गरिएको थियो। जुन, हाल सडक बालबालिकाको भविष्य खोज्ने स्थल बनेको छ। सडकमा पुगेका बालबालिकाको भविष्य ‘मामाघर’ ले उज्यालो बनाउने प्रयास गरिरहेको छ।

    सडक बालबालिकाको समूह बिच्छु ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि पराजुलीसँग जोडिएको मामाको साइनो अरुतिर पनि सरेको छ। हेटौंडा क्षेत्रमा उहाँलाई चिन्नेहरु जुनसुकै उमेर, तह र तप्काका भएपनि ‘मामा’ भनी सम्बोधन गर्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...