News Portal

शिल्पी संघ नेपाल-कुवेतले सहयोग गर्यो ५६ हजार बराबरको राहत सामग्री, पत्रकार चन्दद्वारा वितरण !

हिमालीसंचार संवाददाता
७३५ पटक

कुवेत सिटी।
कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल-कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ। शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर हस्तान्तरण गरेको हो।

संचारकेन्द्रडटकमकी कार्यकारी सम्पादक दिया चन्द नेतृत्वको टोलीले १५ बोरा चामल, २५ केजी दाल, २० लिटर तेल र १५ केजी नुनलगायतका सामाग्रीहरु पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो।

त्यस्तै मंगलबार नै काठमाडाैंको सिनामंगलमा रहेका २ जना मजदुर परिवारलाई पनि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल तथा नुनलगायतका सामाग्री समेत हस्तान्तरण गरिएको छ। अन्य पिडित तथा अशक्त परिवारलाई बाकि राहत सामाग्री एक, दुई दिनमै वितरण गरिने सम्पादक चन्दले जानकारी दिइन।

शिल्पी संघ नेपाल-कुवेतका अध्यक्ष ईश्वर परियारले संकटको घडीमा दुई छाक टार्न समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुहरुले सक्दो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। ‘यतिबेला कोरोनाका कारण जताततै लकडाउन र निषेधाज्ञा छ, दैनिक ज्यालादारी गरेर जिविकापर्जन गर्दै आउनुभएका मजदुरहरु ठुलो संकटमा हुनुहुन्छ, उहाँहरुलाई थोरै भए पनि सहयोग गरौ भनेर हामीले यो राहत सामाग्री पठाएका हौं’ संघका अध्यक्ष परियारले भने।

त्यस्तै, शिल्पी संघ नेपाल-कुवेतका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गजमेरले पनि यस्तो समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मानवियताको नाताले आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

सन् २०१७ मा स्थापना भएको शिल्पी संघ नेपाल-कुवेतले बिगतदेखि नै यसप्रकारको सहयोग गर्दै आएको छ। मंगलबारको राहत वितरण कार्यक्रमको सहजीकरण लाइन्स क्लब अफ काठमाडाैंले गरेको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...