News Portal

एमाले सांसद सापकोटा भन्छन्- ‘फेक सूचना’का आधारमा पृथ्वीसुब्बाको मुख्यमन्त्रीमा दाबी

हिमालीसंचार संवाददाता
४१२ पटक

पोखरा।
सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन्। साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए।

यससँगै बहुमत प्रदेशसभा सदस्य भएको विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको छ। एमाले प्रदेशसभा सदस्य सापकोटाले दलका नेता गुरुङ गलत बाटोमा गएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार पृथ्वीसुब्बा संघीयताप्रति अडिग नेता भएकाले माथिको रोगले छुन्न भन्ने विश्वास थियो। आधा घण्टा अगाडि मात्रै गुरुङलाई फोन गरेर यदि यो विघटनको दिशातिर गयो भने गलत हुन्छ भनेको सुनाउँदै उनले अघि भने, ‘मुख्यमन्त्रीका हिसाबले तपाईं सम्झिनुस्। तपाईंको राजनीतिक भविष्यको लागि पनि सुहाउँदैन, मतभेद नगर्नुस् भनेको हो।’

पार्टी संसदीय दलका नेता मायानाथ अधिकारीलाई ‘यदि विघटन हो भने इन्द्रलाल सापकोटा यसको पक्षमा छैन है’ भनेको उनले सुनाए। यसोभन्दा नवलपुरका सांसद रोशन गाहामगर, महेन्द्र थकाली आफूसँगै रहेको भन्दै उनले भने, ‘उहाँ (पृथ्वीसुब्बा) ले गलत बाटो अपनाउनु भयो। फेक सूचनाका आधारमा जानुभो।’

उनले प्रदेशसभा विघटनप्रति आफू असहमत रहेको प्रष्ट पारेका छन्। ‘यो लोकतन्त्र विरोधी कदम हो, त्यसो भयो भने मेरो गम्भीर असहमति हुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘यो नगर्नस् भनेर मुख्यमन्त्रीलाई भनेकै हुँ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...