News Portal

एमाले सांसद सापकोटा भन्छन्- ‘फेक सूचना’का आधारमा पृथ्वीसुब्बाको मुख्यमन्त्रीमा दाबी

हिमालीसंचार संवाददाता
४६१ पटक

पोखरा।
सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन्। साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए।

यससँगै बहुमत प्रदेशसभा सदस्य भएको विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको छ। एमाले प्रदेशसभा सदस्य सापकोटाले दलका नेता गुरुङ गलत बाटोमा गएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार पृथ्वीसुब्बा संघीयताप्रति अडिग नेता भएकाले माथिको रोगले छुन्न भन्ने विश्वास थियो। आधा घण्टा अगाडि मात्रै गुरुङलाई फोन गरेर यदि यो विघटनको दिशातिर गयो भने गलत हुन्छ भनेको सुनाउँदै उनले अघि भने, ‘मुख्यमन्त्रीका हिसाबले तपाईं सम्झिनुस्। तपाईंको राजनीतिक भविष्यको लागि पनि सुहाउँदैन, मतभेद नगर्नुस् भनेको हो।’

पार्टी संसदीय दलका नेता मायानाथ अधिकारीलाई ‘यदि विघटन हो भने इन्द्रलाल सापकोटा यसको पक्षमा छैन है’ भनेको उनले सुनाए। यसोभन्दा नवलपुरका सांसद रोशन गाहामगर, महेन्द्र थकाली आफूसँगै रहेको भन्दै उनले भने, ‘उहाँ (पृथ्वीसुब्बा) ले गलत बाटो अपनाउनु भयो। फेक सूचनाका आधारमा जानुभो।’

उनले प्रदेशसभा विघटनप्रति आफू असहमत रहेको प्रष्ट पारेका छन्। ‘यो लोकतन्त्र विरोधी कदम हो, त्यसो भयो भने मेरो गम्भीर असहमति हुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘यो नगर्नस् भनेर मुख्यमन्त्रीलाई भनेकै हुँ।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...