News Portal

मोरङको रंगेलीमा बटसावित्रीको पुजा सम्पन्न, सयौ हिन्दु नारीहरुको उपस्थिति

हिमालीसंचार संवाददाता
५९३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक  लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन । 

रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल, सहुटोल लवटोल लगायतका महिलाहरु विशेष पुजाआजा गर्ने आएका थिए । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन ।  

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसी उनीहरुले वरको रुख फेदमा बर्तालु हिन्दु नारीहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा रहेको छ।

त्यही समयदेखि यो पर्वको प्रचलनमा आएको धार्मीक परम्परा र विश्व रहेको पाईन्छ । बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले  सावित्री कथा वाचन  गर्ने  र ब्रतालु हरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।

यस पर्वमा विशेषत आफ्ना साथीसङ्गीसँग नाच्दै, गाउँदै वोट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई साटासाट गर्ने प्रचलन समेत रहेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...