News Portal

मोरङको रंगेलीमा बटसावित्रीको पुजा सम्पन्न, सयौ हिन्दु नारीहरुको उपस्थिति

हिमालीसंचार संवाददाता
५५४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक  लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन । 

रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल, सहुटोल लवटोल लगायतका महिलाहरु विशेष पुजाआजा गर्ने आएका थिए । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन ।  

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसी उनीहरुले वरको रुख फेदमा बर्तालु हिन्दु नारीहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा रहेको छ।

त्यही समयदेखि यो पर्वको प्रचलनमा आएको धार्मीक परम्परा र विश्व रहेको पाईन्छ । बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले  सावित्री कथा वाचन  गर्ने  र ब्रतालु हरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।

यस पर्वमा विशेषत आफ्ना साथीसङ्गीसँग नाच्दै, गाउँदै वोट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई साटासाट गर्ने प्रचलन समेत रहेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...