News Portal

अक्सिजन सिलिन्डर अभियान सञ्चालन मोरङसुनसरी सेवा समाज कुवेतद्वारा

हिमालीसंचार संवाददाता
४३५ पटक

कुवेत – कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुदले बताएका छन।

अध्यक्ष लिम्बुका अनुसार हालसम्म मोरङको रामध्वनी र केराबारी नगरपालिकामा ४/४ थान, धरान-१५ मा ५ थान, पथरी सनिश्चरे गाउँपालिकामा ४ थान, कानेपोखरी गाउँपालिकामा २ थान, उर्लाबारी नगरपालिकामा ५ थान र लेटाङ नगरपालिकामा ५ थान अक्सिजन सिलिन्डर वितरण भैसकेको छ। मोरङसुनसरी सेवा समाजले बेला बेलामा आँखा सम्बन्धी निशुल्क घुम्ती शिविरहरु तथा विभिन्न खाले दैवि प्रकोपमा सहयोगको कामहरु गरिरहेका छन। केही बर्ष अघि बुढिखोला बाढी पिडितहरुलाई आवास तथा खाद्यान्न, केरावारी गाउँपालिका मुगु खोलाको बाढी पिडितहरुलाइ विभिन्न किसिमको सहयोग तथा भुकम्प पिडितहरुलाइ सहयोग गर्दै आइरहेका छन।

यसपालिको महामारिमा पनि कम्तिमा ७० ओटा अक्सिजन सिलिन्डर मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित यो अभियान सञ्चालन गरेको छ। यहि अभियान अन्तरगत प्रवासका शाखाहरुले पनि अभियान सञ्चालन गरिरहेको छ। अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवाशीहरुलाइ यस अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-55454818

उपेन क्षेत्री-67010068

 दिलकुमार पाख्रीन– 97557313

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...