News Portal

हङकङमा दुबै डोज भ्याक्सिन लाउने स्थानीय व्यक्तिलाई पुरस्कारको धोषणा

हिमालीसंचार संवाददाता
४१८ पटक

युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई पुरस्कार धोषणा गरिएको छ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल बनाउन हङकङका ठुला व्यापारिक कम्पनीहरुले भ्याक्सिन लट्री र अन्य सुविधा सहित भ्याक्सिनको दुबै डोज लाउने व्यक्तिलाई पुरस्कार दिन थालेपछि गत हप्ता दिन भित्र भ्याक्सिन बुकिङ र भ्याक्सिन लाउनेको संख्या ह्वात्तै बढेको छ ।

हङकङमा कोरोना विरुद्धको खोप गत २६ फेब्रुअरी २०२१ देखि शुरु भएको थियो । हालसम्मको तथ्यांक अनुसार कुल भ्याक्सिन लाउनेको संख्या २७,१६,००० पुगेको छ । जर्मनमा निर्मित बायोएण्डटेक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या ८,९२,००० पुगेको छ भने दोस्रो डोज लिनेको संख्या ६,५५,८०० पुगेको छ। 

हङकङ सरकारले २० लाख डोज बायोएण्डटेक भ्याक्सिन खरिद गरेका मध्ये अब ४,७०,००० डोज मात्र बाकी रहेको जानकारी दिईएको थियो । अब २,४०,००० डोज मध्ये बाकी १,२०,००० भ्यक्सिन डोज संचित रहेको छ ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल बनाउन आगामि जुन ८ तारीखदेखि दुबै डोज भ्याक्सिन लगाएका व्याक्तिका लागि हङकङका सबैभन्दा धनी व्यक्ति ली’का सिङ’ले हङकङ डलर २ करोड ( २० मिलियन हङकङ डलर ) बराबरको भाग्यचिट्ठा “सिके एसेट होल्डिङ लिमिटेड, च्यङ कोङ होल्डिङ्स, सिके हचिसन होल्डिङ्स लिमिटेड र ली’का सिङ फाउन्डेसनद्वारा पुरस्कार दिने धोषणा गरेका हुन् । 

आगामी अगष्ट ३१ तारीख भन्दा अगाडि दुबै डोज भ्याक्सिन लगाएका व्यक्ति, उमेर १८ वर्ष नाघेका, हङकङ आइडी होल्डरले यस भाग्यचिट्ठामा भाग लिनको लागि आफ्नो नाम दर्ता गर्न सक्ने छन् । 

प्रथम पुरस्कार ५० लाख हङकङ डलर १ जना, दोस्रो पुरस्कार ३० लाख हङकङ डलर २ जना, तेस्रो पुरस्कार १० लाख हङकङ डलर ३ जना, चौथो पुरस्कार ५ लाख हङकङ डलर १० जना, पाँचौ पुरस्कार ५० हजार हङकङ डलर २० जनाले भौचर प्राप्त गर्ने छन्। उक्त लक्की ड्र परियोजना अन्तर्गत हङकङका ३६ जना व्यक्तिले दुबै जोड भ्याक्सिन लगाएका व्यक्तिहरुले मात्र लक्की ड्र’मा भाग लिन पाउने बताईएको छ। 

भौचरलाई स्थानीय यी कम्पनीहरुमा समान तथा सेवा लिन सक्ने बताईएको छ। पार्कएनसोप, वाटसन, वाटसन वाइन सेलर, फोर्ट्रेस, ३ हङकङ, हचगो ट्राभल वेबसाइट र इएसडिलाइफ, होटलहरुमा र विजुलीको बिल आदि तिर्नको लागि समेत प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ। यो खबर आज हङकङखबरडटकममा क्रान्ति सुब्बाले लेखेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...