News Portal

हङकङमा दुबै डोज भ्याक्सिन लाउने स्थानीय व्यक्तिलाई पुरस्कारको धोषणा

हिमालीसंचार संवाददाता
३६० पटक

युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई पुरस्कार धोषणा गरिएको छ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल बनाउन हङकङका ठुला व्यापारिक कम्पनीहरुले भ्याक्सिन लट्री र अन्य सुविधा सहित भ्याक्सिनको दुबै डोज लाउने व्यक्तिलाई पुरस्कार दिन थालेपछि गत हप्ता दिन भित्र भ्याक्सिन बुकिङ र भ्याक्सिन लाउनेको संख्या ह्वात्तै बढेको छ ।

हङकङमा कोरोना विरुद्धको खोप गत २६ फेब्रुअरी २०२१ देखि शुरु भएको थियो । हालसम्मको तथ्यांक अनुसार कुल भ्याक्सिन लाउनेको संख्या २७,१६,००० पुगेको छ । जर्मनमा निर्मित बायोएण्डटेक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या ८,९२,००० पुगेको छ भने दोस्रो डोज लिनेको संख्या ६,५५,८०० पुगेको छ। 

हङकङ सरकारले २० लाख डोज बायोएण्डटेक भ्याक्सिन खरिद गरेका मध्ये अब ४,७०,००० डोज मात्र बाकी रहेको जानकारी दिईएको थियो । अब २,४०,००० डोज मध्ये बाकी १,२०,००० भ्यक्सिन डोज संचित रहेको छ ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल बनाउन आगामि जुन ८ तारीखदेखि दुबै डोज भ्याक्सिन लगाएका व्याक्तिका लागि हङकङका सबैभन्दा धनी व्यक्ति ली’का सिङ’ले हङकङ डलर २ करोड ( २० मिलियन हङकङ डलर ) बराबरको भाग्यचिट्ठा “सिके एसेट होल्डिङ लिमिटेड, च्यङ कोङ होल्डिङ्स, सिके हचिसन होल्डिङ्स लिमिटेड र ली’का सिङ फाउन्डेसनद्वारा पुरस्कार दिने धोषणा गरेका हुन् । 

आगामी अगष्ट ३१ तारीख भन्दा अगाडि दुबै डोज भ्याक्सिन लगाएका व्यक्ति, उमेर १८ वर्ष नाघेका, हङकङ आइडी होल्डरले यस भाग्यचिट्ठामा भाग लिनको लागि आफ्नो नाम दर्ता गर्न सक्ने छन् । 

प्रथम पुरस्कार ५० लाख हङकङ डलर १ जना, दोस्रो पुरस्कार ३० लाख हङकङ डलर २ जना, तेस्रो पुरस्कार १० लाख हङकङ डलर ३ जना, चौथो पुरस्कार ५ लाख हङकङ डलर १० जना, पाँचौ पुरस्कार ५० हजार हङकङ डलर २० जनाले भौचर प्राप्त गर्ने छन्। उक्त लक्की ड्र परियोजना अन्तर्गत हङकङका ३६ जना व्यक्तिले दुबै जोड भ्याक्सिन लगाएका व्यक्तिहरुले मात्र लक्की ड्र’मा भाग लिन पाउने बताईएको छ। 

भौचरलाई स्थानीय यी कम्पनीहरुमा समान तथा सेवा लिन सक्ने बताईएको छ। पार्कएनसोप, वाटसन, वाटसन वाइन सेलर, फोर्ट्रेस, ३ हङकङ, हचगो ट्राभल वेबसाइट र इएसडिलाइफ, होटलहरुमा र विजुलीको बिल आदि तिर्नको लागि समेत प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ। यो खबर आज हङकङखबरडटकममा क्रान्ति सुब्बाले लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...