News Portal

गैर आवासीय नेपाली संघ मकाउले स्वास्थ्या सामाग्री नेपाल पठायो, एक हप्ता भित्र नेपाल पुग्ने

“मकाउमा संगठीत विभिन्न संघ संस्थाको सहयोग र समन्वयमा आर्थिक रकम संकलन गरिएको हो”

हिमालीसंचार संवाददाता
६०६ पटक

मकाउ  – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन कन्टसन्टेटर खरिद गरी नेपाल पठाएको छ।

मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत संधसंस्थाहरुको समन्वय र सहकार्यमा संकलित रकमले स्वास्थ्या सामाग्री खरिद गरि नेपाल पठाईएको गैर आवासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए । 

मकाउबाट ५ थान अक्सिजन कन्सन्टेटर स्वास्थ्य सामाग्री खरिद गरी नेपाल पठाईएको एक हप्तापछि नेपाल पुग्ने छ। उक्त स्वास्थ्या सामाग्री एनआरएन कोभिड-१९ हाई कमिटी मार्फत संधको केन्द्रिय कार्यालयले वितरण गर्ने समेत संधका अध्यक्ष गुरुङले जानकारी दिए । 

मकाउबाट स्वास्थ्या सामाग्री खरिद गर्न आर्थिक सहयोग संकलन र समन्वयका लागि “गुरुङ तमु समाज मकाउ, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, तामाङ धेदुङ संघ मकाउ, किरात राई यायोक्खा मकाउ, गैर आवासीय नेपाली संघ मकाउ र जग्गी कल्ब मकाउबाट संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरी नेपाल पठाएको हो।

स्वास्थ्या सामाग्री खरिद गरी बाकी रहेको बचत रकमले एनआरएन केन्द्रिय संघले प्रदेशमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टमा सहयोग एवम् मकाउको सहयोगी मानुभावहरुको तर्फबाट उक्त परियोजनामा सहभागिता रहने संघको अध्यक्ष पूर्ण बहादुर गुरुङले जाकारी दिए। 

मकाउबाट आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नु हुने सहयोगी मानुभावहरु, संधसंस्था सबैमा हार्दिक कृतज्ञता सहित धन्याबाद दिदै अझै आर्थिक सहयोग गर्न सहभागिता जनाउन चाहानु हुने मानुभावहरुले संधको कार्यालय बारा स्थित मकाउमा सम्पर्क गर्न सक्नु हुने समेत हिमालीसंचारसंगको कुराकानीमा संघका अध्यक्ष पूर्ण बहादुर गुरुङले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...