News Portal

गाउँपालिकामै वडा अध्यक्ष कुटिएपछि…

हिमाली संचार संवाददाता
६४८ पटक

कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा निवेदन परेपछि गाउँपालिकाले निवेदक सोहि गाउँपालिका वडा नं. ६ का तेजप्रसाद पौडेल र वडा अध्यक्ष कँडेललाई छलफलका लागि आइतबार बोलाएको थियो । छलफलका लागि न्यायिक समितिले बोलाए पनि न्यायिक समितिको छलफल शुरु हुनुभन्दा अगाडि नै विवादले उग्ररुप लिएको र पौडेलले अध्यक्ष कँडेललाई हातपात गरेको गाउँपालिकाले जनाएको छ ।

यता वडा अध्यक्षले कँडेलले पौडेललाई आफूले कुनै पनि रकम दिन बाँकी नरहेको बताए छन् । ऊ सँग विगत लामो समयदेखि विवाद भइरहेको हुँदा पुरानो रिसईबीका कारण मेरो विरुद्ध न्यायपालिकामा उजुरी परेको र सोही दिन छलफल नहुँदै प्रतिशोधको भावनाले पौडेलले आफूमाथि हातपात गरेको कँडेलले बताए ।

हातपात गर्ने पौडेलले पछि गाउँपालिका प्रतिनिधी र कर्मचारीबीच अध्यक्ष कँडेलसँग माफी मागेको भएपनि कँडेलले सोही दिन (मंगलबार) इलाका प्रहरी कार्यालय कृष्णनगरमा पौडेल विरुद्ध उजुरी दिएपछि घटना बाहिरिएको हो ।

०७२/७३ मा लोकमार्ग रोडस्तर उन्नती गर्दा सडकमा मिस्कट दिएका पौडेलले सोही काम बापतको बाँकी रकम ४५ हजार पटक–पटक माग्दा पनि अध्यक्ष कँडेले नदिएपछि न्यायिक समितिमा निवेदन दिनुपरेको उनले बताए  ।

छलफल शुरु हुनुभन्दा अगाडी नै आवेसमा आएर मैले गल्ती गरेको हुँ तर त्यसको लागि मैले सोही दिन माफी पनि मागिसकेको छु । हातपातको घटना भएको ३ दिनपछि फेरी अध्यक्ष कँडेलले उजुरी दिएको पौडेलले बताए ।

पुरानो लेनदेनको विवाद न्यायिक समितिमा उजुरी परेपछि छलफलको लागि गाउँपालिकामा बोलाइएको र छलफल शुरु नहुँदै अक्रोशित भई अध्यक्षमाथि पौडेलले गाउँपालिका परिसरमा नै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताए ।

सार्वजनिक पद धारण गरेको व्यक्तिलाई यसरी कार्यालय परिसरमा नै आएर  हातपात गर्नु गलत भएको हुदाँ गाउँपालिकाले निज पौडेललाई कारबाहिको  लागि सिफारिस गरेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

पुरानो आर्थिक लेनदेनको विवादले आवेशमा भएको यस किसिमको घटना भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सूर्य बोगटीले बताए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हातपात गरेको हुनाले गाउँपालिकाको सिफारीसमा सार्वजनिक शान्ति विरुद्ध अन्र्तगतको उजुरी परेको बोगटीले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...