News Portal

गाउँपालिकामै वडा अध्यक्ष कुटिएपछि…

हिमाली संचार संवाददाता
५९७ पटक

कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा निवेदन परेपछि गाउँपालिकाले निवेदक सोहि गाउँपालिका वडा नं. ६ का तेजप्रसाद पौडेल र वडा अध्यक्ष कँडेललाई छलफलका लागि आइतबार बोलाएको थियो । छलफलका लागि न्यायिक समितिले बोलाए पनि न्यायिक समितिको छलफल शुरु हुनुभन्दा अगाडि नै विवादले उग्ररुप लिएको र पौडेलले अध्यक्ष कँडेललाई हातपात गरेको गाउँपालिकाले जनाएको छ ।

यता वडा अध्यक्षले कँडेलले पौडेललाई आफूले कुनै पनि रकम दिन बाँकी नरहेको बताए छन् । ऊ सँग विगत लामो समयदेखि विवाद भइरहेको हुँदा पुरानो रिसईबीका कारण मेरो विरुद्ध न्यायपालिकामा उजुरी परेको र सोही दिन छलफल नहुँदै प्रतिशोधको भावनाले पौडेलले आफूमाथि हातपात गरेको कँडेलले बताए ।

हातपात गर्ने पौडेलले पछि गाउँपालिका प्रतिनिधी र कर्मचारीबीच अध्यक्ष कँडेलसँग माफी मागेको भएपनि कँडेलले सोही दिन (मंगलबार) इलाका प्रहरी कार्यालय कृष्णनगरमा पौडेल विरुद्ध उजुरी दिएपछि घटना बाहिरिएको हो ।

०७२/७३ मा लोकमार्ग रोडस्तर उन्नती गर्दा सडकमा मिस्कट दिएका पौडेलले सोही काम बापतको बाँकी रकम ४५ हजार पटक–पटक माग्दा पनि अध्यक्ष कँडेले नदिएपछि न्यायिक समितिमा निवेदन दिनुपरेको उनले बताए  ।

छलफल शुरु हुनुभन्दा अगाडी नै आवेसमा आएर मैले गल्ती गरेको हुँ तर त्यसको लागि मैले सोही दिन माफी पनि मागिसकेको छु । हातपातको घटना भएको ३ दिनपछि फेरी अध्यक्ष कँडेलले उजुरी दिएको पौडेलले बताए ।

पुरानो लेनदेनको विवाद न्यायिक समितिमा उजुरी परेपछि छलफलको लागि गाउँपालिकामा बोलाइएको र छलफल शुरु नहुँदै अक्रोशित भई अध्यक्षमाथि पौडेलले गाउँपालिका परिसरमा नै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताए ।

सार्वजनिक पद धारण गरेको व्यक्तिलाई यसरी कार्यालय परिसरमा नै आएर  हातपात गर्नु गलत भएको हुदाँ गाउँपालिकाले निज पौडेललाई कारबाहिको  लागि सिफारिस गरेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

पुरानो आर्थिक लेनदेनको विवादले आवेशमा भएको यस किसिमको घटना भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सूर्य बोगटीले बताए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हातपात गरेको हुनाले गाउँपालिकाको सिफारीसमा सार्वजनिक शान्ति विरुद्ध अन्र्तगतको उजुरी परेको बोगटीले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...