News Portal

समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

हिमाली संचार संवाददाता
६९४ पटक

काठमाडौँ – नेपाल पत्रकार महासंघले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही असोज ९ गते गृह मन्त्रालयमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाई समाचार सङ्कलनमा बन्देज लगाइएको भन्दै नागरिकलाई सुसूचीत गराउने सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाइनु प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचीत हुने संवैधानिक अधिकारमाथिको प्रहार भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले प्रेस र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ । सोही दिन संसद्को राज्यव्यवस्था समितिको बैठकको समाचार सङ्कलनका लागि सिंहदरबार पुगेका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको घटनाप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै प्रकाशित समाचारको विषयलाई लिएर केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा वितरण गरिएको ‘प्रकाश’ साप्ताहिक पत्रिका प्रहरीले कब्जामा लिनुका साथै वितरणमा रोक लगाएको भन्दै महासङ्घले घटनाको निन्दा गरेको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...