News Portal

समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

हिमाली संचार संवाददाता
७४९ पटक

काठमाडौँ – नेपाल पत्रकार महासंघले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही असोज ९ गते गृह मन्त्रालयमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाई समाचार सङ्कलनमा बन्देज लगाइएको भन्दै नागरिकलाई सुसूचीत गराउने सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाइनु प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचीत हुने संवैधानिक अधिकारमाथिको प्रहार भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले प्रेस र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ । सोही दिन संसद्को राज्यव्यवस्था समितिको बैठकको समाचार सङ्कलनका लागि सिंहदरबार पुगेका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको घटनाप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै प्रकाशित समाचारको विषयलाई लिएर केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा वितरण गरिएको ‘प्रकाश’ साप्ताहिक पत्रिका प्रहरीले कब्जामा लिनुका साथै वितरणमा रोक लगाएको भन्दै महासङ्घले घटनाको निन्दा गरेको छ ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...