News Portal

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद२०२१-२०२३ कार्यकालको लागि अनुप खनाल सचिवमा विजयी

हिमालीसंचार संवाददाता
३६९ पटक

अमेरिका– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा अनलाइन मतदानद्वारा सम्पन्न भयो। मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा सम्पन्न भयो।
शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याई विजयी भएका छन् भने उनकै टिम बाट सचिव लडेका अनुप खनालले ५९५७ मत लिई बाजी मारेका छन् भने
उनका प्रतिद्वन्द्वी द्रोण गौतम ले 5221 र अर्का प्रतिद्वन्दी नारायण पोख्रेलले 3473 मत ल्याएका थिए ।
यस्तो छ अनुप खनालकाे पृष्टभूमि।

काठमाण्डौको बिशालनगर, चण्डोलमा जन्मेहुर्केका अनुप खनालले युनाइटेड एकेडमीबाट उच्च माध्यमिक तहको अध्ययन पुरागर्नु भएको हो। त्यसपछि पाटन संयुक्त क्याम्पसमा स्नातकको पढाई गर्दागदै उच्च शिक्षाको लागि २००७ मा अमेरिका प्रस्थान गर्नुभयो।

अमेरिकाको मेरिल्याण्डमा कम्युनिटि कलेज अफ बाल्टिमोर काउन्टी हुँदै एसओर्थ कलेजबाट स्नातक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। अध्ययनपछि केहि समय ब्याङ्कर समेत भएर काम गरेका खनाल पछि भने नेपाल देखि पारिवारिक रुपमा संचालन गर्दै आएको कन्स्ट्रक्शन ब्यबसायलाइ यहाँ पनि निरन्तरता दिनु थाल्नुभयो। खनालले अहिले पनि कन्श्ट्रक्शन कनट्र्याक्टरको कामलाइ निरन्तरता दिनुभएको छ। उसो त बाल्टिमोरमा आफ्नै अर्को ब्यबसय पनि संचालनमा छ।

खनालको जीवनको अर्को पाटो भनेको राजनीति पनि हो। नेपालमा आफ्नो सम्पूर्ण परिवारिक पृष्ठभुमि नेपाली कांग्रेस पार्टीको सक्रिय राजनीतिमा छ। कलेज देखि नै नेपाल बिधार्थी (नेवि) संघ को सक्रिय सदस्य भएर पाटन क्याम्पसको इकाई समिति सदस्यमा पनि काम गर्नुभएको थियो। अमेरिकामा पनि उहाँले नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड राज्य च्यापटरको सदस्य पछि सचिव अनि उपसभापति भई काम गरेको अनुभव छ, उसो त उहाँ नेपाल तरुण दलको पनि सदस्य हुनुहुन्थ्यो। बिक्रम संवत २०५१ देखि भने नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्थ्यो । नेपाली समुदायका गतिबिधिहरुमा सक्रिय रहने खनाल अहिले मेरिल्यान राज्यको बाल्टिमोर शहरमा बस्दै आउनु भएका खनाल अन्तराष्ट्रिय साहित्यिक समाज लगायत संघ-संस्थामा पनि सक्रिय हुनुहुन्छ।

२०१५ मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य हुनुभएका खनाल २०१७ मा भने एनआरएनए एनसीसी अमेरिकाको मेरिल्याण्ड राज्य च्याटरमा बोर्ड सदस्य हुनुहुन्थ्यो। २०१९ मा त उहाँ एनआरएनए एनसीसी अमेरिकाको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धी पनि गर्नुभयो। यसका अलावा २०१९ मा एनआरएनए आइसीसीको काठमाण्डौ भएमा भएको विश्वो सम्मेलन र अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि पनि हुनुहुन्थ्यो।

नेतृवमा युवाहरु आउनुपर्छ भनी लागेका खनाल एनआरएनए एनसीसी अमेरिकाको युवा तथा स्टुडेण्ट टास्कफोर्सको नेतृत्वमा रहेर उल्लेखनीय काम गरेको रेकर्ड छ। बिशेष गरि कोरोनाको संक्रमण कालमा बिधार्थी सपोर्ट, उनीहरुको लागि कम्युनिकेशन गर्न एप निर्माण, अत्यावशयक सामान र खाद्यान्न सहयोग, बेसिक मेडिसिनको सपोर्ट जस्ता थुप्रै काम गरेको अनुभव पनि उहाँसँग छ ।त्यसैगरी युवाहरुको सक्रियाता, नेतृत्वमा भूमिका र दोश्रो पुस्तालाइ नेपालसँग जोड्ने कुरा उहाँका एजेण्डाथिए ।

नेपाल देखि अमेरिका आएका नयाँ बिधार्थीहरुको लागि सपोर्ट, युवाहरुको लागि रोजगारी सेवा संबन्धि सूचनाका कुरा, युवाहरुलाई बन्द-ब्यापार गरेर छिट्टै आत्मा निर्भर हुने तरिकाहरुको सूचना दिने जस्ता थुप्रै कुरा छन् खनालका योजना थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...