News Portal

युएइद्वारा नेपाललाई १५० भेन्टिलेटर सहयोग

हिमालीसंचार संवाददाता
२७८ पटक

रामप्रसाद ढुंगेल अबुधाबी– नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग दिने भएको छ । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा भेन्टिलेटरको मुल्य करिब २० लाख नेपाली रुपैयाँ पर्ने दूतावास श्रोतले जानकारी दिएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले युएइको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ समस्या उत्पन्न हुन लागेकोले यथासक्य सहयोग गर्न आग्रह गरेपछि युएइको सरकारले अहिलेसम्मकै ठूलो मात्रामा सहयोग उपलब्ध गराउन लागेको बताइएको छ ।

कोरोना प्रभावित बिरामीको लागि अति उपयोगी मानिने भेन्टिलेटर जेठ १९ गते बुधबार युएइ सरकारको विशेष विमान मार्फत नेपाल पुर्‍याउने सहमति भएको युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।
राजदूत ढकालका अनुसार भेन्टिलेटरका साथमा अन्य मेडिकल सामग्री पनि अनुदान स्वरुप युएइ सरकारले नेपाल सरकार र नेपाली जनताको स्वास्थको लागि प्रदान गर्न लागेको छ ।
१ सय १५ वटा भेन्टिलेटर सहित अन्य मेडिकल सामग्रीको तौल १० टन बराबर रहने बताइएको छ ।
नेपालीहरुले युएइको भौतिक विकासका लागि जुन पसिना बगाएर एउटा इमानदार, परिश्रमी र कर्तव्यबोध नागरिकको पहिचान बनाएका छन्, त्यसको प्रतिफलका रूपमा पनि युएइ सरकारले नेपाल र नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गरेको युएइमा कार्यरत सामाजिक अभियन्ता नेपालीहरुले सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

नेपालको स्वास्थ संकटको यो भयावह अवस्थामा युएइ सरकारले गरेको उल्लेखनीय सहयोगको लागि धेरैले आभार प्रकट गरेका छन् ।
युएइमा कार्यरत अधिक सामाजिक संस्थाहरु, नेपाली समाज, एनआरएन, अन्य जिल्ला स्तरीय, क्षेत्रीय, जातीय, भातृ संगठनहरुले पनि आआफ्नो संजाल प्रयोग गरेर युएइबाट सहयोग उपलब्ध गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...