News Portal

युएइद्वारा नेपाललाई १५० भेन्टिलेटर सहयोग

हिमालीसंचार संवाददाता
२९४ पटक

रामप्रसाद ढुंगेल अबुधाबी– नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग दिने भएको छ । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा भेन्टिलेटरको मुल्य करिब २० लाख नेपाली रुपैयाँ पर्ने दूतावास श्रोतले जानकारी दिएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले युएइको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ समस्या उत्पन्न हुन लागेकोले यथासक्य सहयोग गर्न आग्रह गरेपछि युएइको सरकारले अहिलेसम्मकै ठूलो मात्रामा सहयोग उपलब्ध गराउन लागेको बताइएको छ ।

कोरोना प्रभावित बिरामीको लागि अति उपयोगी मानिने भेन्टिलेटर जेठ १९ गते बुधबार युएइ सरकारको विशेष विमान मार्फत नेपाल पुर्‍याउने सहमति भएको युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।
राजदूत ढकालका अनुसार भेन्टिलेटरका साथमा अन्य मेडिकल सामग्री पनि अनुदान स्वरुप युएइ सरकारले नेपाल सरकार र नेपाली जनताको स्वास्थको लागि प्रदान गर्न लागेको छ ।
१ सय १५ वटा भेन्टिलेटर सहित अन्य मेडिकल सामग्रीको तौल १० टन बराबर रहने बताइएको छ ।
नेपालीहरुले युएइको भौतिक विकासका लागि जुन पसिना बगाएर एउटा इमानदार, परिश्रमी र कर्तव्यबोध नागरिकको पहिचान बनाएका छन्, त्यसको प्रतिफलका रूपमा पनि युएइ सरकारले नेपाल र नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गरेको युएइमा कार्यरत सामाजिक अभियन्ता नेपालीहरुले सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

नेपालको स्वास्थ संकटको यो भयावह अवस्थामा युएइ सरकारले गरेको उल्लेखनीय सहयोगको लागि धेरैले आभार प्रकट गरेका छन् ।
युएइमा कार्यरत अधिक सामाजिक संस्थाहरु, नेपाली समाज, एनआरएन, अन्य जिल्ला स्तरीय, क्षेत्रीय, जातीय, भातृ संगठनहरुले पनि आआफ्नो संजाल प्रयोग गरेर युएइबाट सहयोग उपलब्ध गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...