News Portal

साउदीले आईतबारबाट ११ देशमा यात्रा प्रतिबन्ध हटायो

हिमालीसंचार संवाददाता
८८७ पटक

रियाद – कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्।

साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग शनिबार यात्रा प्रतिबन्ध खुला गरिएको जानकारी दिएका हुन्।

ती देशमा महामारी नियन्त्रण हुन थालेकाले यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताएका छन्। साउदीले जम्मा २० देशमा यात्रा प्रतिबन्ध लगाएको छ। तीमध्ये ११ देशमा यात्रा खुला गरेको हो।

ती हुन्– यूएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटली, पोर्चुगल, यूके, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स र जापान। तर यी देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ। बीबीसीका अनुसार यो निर्णय आज मे ३० बाट लागू भएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...