News Portal

तपाईंको राशिफल : आज २०७५ साल आश्विन १० बुधवार

हिमाली संचार संवाददाता
६६० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्रा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । विद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । दिदीबहिनीहरूबाट अपेक्षित सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुनै काम वा घुमघामका लागि यात्रा हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । दैनिक कार्यहरू सम्पादन हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । खानपिनमा सजग रहनुपर्ने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च आइलाग्नेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मध्यम खालको दिनछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिस्थिति पहिचान गरी पुरुषार्थ प्रदर्शन गर्न सके मान–प्रतिष्ठा प्राप्त हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...