News Portal

  • क्याम्पस प्रमुखको कार्यकक्षमा शिक्षकहरुले नै लगाए ताला

    हिमाली संचार संवाददाता
    ४७५ पटक

    मोरङ – विद्यार्थीहरुले क्याम्पसको निर्णयविरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने गरेको उदारण प्रसस्त छ । तर, विराटनगरमा भने शिक्षकहरुले नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस विराटनगरका शिक्षकहरुले क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् ।

    गत भदौ २२ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले क्याम्पस भित्रबाट नै प्रमुख नियुक्ति नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् ।

    क्याम्पसमा पार्टीगत कोटाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति हुँदै आएको थियो । तत्कालीन माओवादी कोटाबाट नियुक्त भएका मनोज राउतको चार वर्षे कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयले निकटकै सहप्राध्यापक महेश खत्रीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो ।

    खत्री महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउँछन् । शिक्षकले तालाबन्दी गरेका कारण नयाँ प्रमुखले क्याम्पसको कार्यक्षमा बस्न पाएका छैनन् ।
    २६ गते नियुक्ति पाएका खत्री २७ गतेदेखि स्नाकोत्तर क्याम्पस धाइरहेका छन् । तर, कार्यकक्षमा तालाबन्दी भएका कारण बाहिरबाट नै कार्यालयको काम गर्दै आएको बताउँछन् । ताला खोल्न प्राध्यापक संघलाई पत्र लेखेर बार्ताकालागि बोलाएपनि नआएको उनको गुनासो छ ।

    स्नाकोत्तर क्याम्पसका शिक्षकहरु ज्येष्ठता र बरिष्ठताका आधारमा सहप्राध्यापक कृष्ण वस्तीलाई प्रमुखमा नियुक्ति गर्नुपर्छ भन्ने पक्षमा थिए । तर, त्रिविले महेन्द्र मोरङ क्याम्पसका सहप्राध्यापकलाई नियुक्ति गरेपछि ताला नखुलको त्रिवि प्राध्यापक संघ स्नाकोत्तर क्याम्पस विराटनगर इकाइ सभापति चक्रपाणि खनालले जानकारी दिए ।

    ज्येष्ठता र बरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दी नखोल्ने उनले बताए । संघको साधारण सभाले नै क्याम्पस भित्रबाट प्रमुख नियुक्ति नगरेसम्म तालाबन्दी नखोल्ने निर्णय गरेको उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...