News Portal

क्याम्पस प्रमुखको कार्यकक्षमा शिक्षकहरुले नै लगाए ताला

हिमाली संचार संवाददाता
५०५ पटक

मोरङ – विद्यार्थीहरुले क्याम्पसको निर्णयविरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने गरेको उदारण प्रसस्त छ । तर, विराटनगरमा भने शिक्षकहरुले नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस विराटनगरका शिक्षकहरुले क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् ।

गत भदौ २२ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले क्याम्पस भित्रबाट नै प्रमुख नियुक्ति नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् ।

क्याम्पसमा पार्टीगत कोटाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति हुँदै आएको थियो । तत्कालीन माओवादी कोटाबाट नियुक्त भएका मनोज राउतको चार वर्षे कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयले निकटकै सहप्राध्यापक महेश खत्रीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो ।

खत्री महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउँछन् । शिक्षकले तालाबन्दी गरेका कारण नयाँ प्रमुखले क्याम्पसको कार्यक्षमा बस्न पाएका छैनन् ।
२६ गते नियुक्ति पाएका खत्री २७ गतेदेखि स्नाकोत्तर क्याम्पस धाइरहेका छन् । तर, कार्यकक्षमा तालाबन्दी भएका कारण बाहिरबाट नै कार्यालयको काम गर्दै आएको बताउँछन् । ताला खोल्न प्राध्यापक संघलाई पत्र लेखेर बार्ताकालागि बोलाएपनि नआएको उनको गुनासो छ ।

स्नाकोत्तर क्याम्पसका शिक्षकहरु ज्येष्ठता र बरिष्ठताका आधारमा सहप्राध्यापक कृष्ण वस्तीलाई प्रमुखमा नियुक्ति गर्नुपर्छ भन्ने पक्षमा थिए । तर, त्रिविले महेन्द्र मोरङ क्याम्पसका सहप्राध्यापकलाई नियुक्ति गरेपछि ताला नखुलको त्रिवि प्राध्यापक संघ स्नाकोत्तर क्याम्पस विराटनगर इकाइ सभापति चक्रपाणि खनालले जानकारी दिए ।

ज्येष्ठता र बरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दी नखोल्ने उनले बताए । संघको साधारण सभाले नै क्याम्पस भित्रबाट प्रमुख नियुक्ति नगरेसम्म तालाबन्दी नखोल्ने निर्णय गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...