News Portal

इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान

हिमालीसंचार संवाददाता
४४४ पटक

एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन्। इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन्।

मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन्। त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए। प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए।

उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ। सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो। यो हाम्रो पहिलो मिसन हो।’

नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए। बीबीसीका अनुसार  प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...