News Portal

ममता बनर्जी भवानीपुरबाट उपनिर्वाचन लड्ने

हिमालीसंचार संवाददाता
४९८ पटक

कोलकाता – हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी)ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा शपथ लिइसकेकी छन्।

तर, उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी ६ महिनाभित्र पश्चिम बंगालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ। मुख्यमन्त्रीले उपनिर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यसपहिले दुईपटकसम्म निर्वाचन जितेको क्षेत्र हो।

यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजे पनि भारतीय जनता पार्टीका तर्फबाट उमेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजित भएकी थिइन्।

पश्चिम बंगालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमूल कांग्रेसले मुख्यमन्त्री बनाएको हो। त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपुर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए।

“पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाव आएपछि मैले सोचेँ कि मुख्यमन्त्रीका लागि मेरो सिट खाली गर्नुपर्नेछ। त्यहाँ कुनै दबाब छैन। सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो। मैले उहाँसँग कुरा गरेँ। यो उहाँको नै सिट थियो। मैले यसलाई सुरक्षित मात्रै गरेको हो,” चटर्जीले राजीनामापछि सञ्चारमाध्यमसँग बताए।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...