News Portal

ममता बनर्जी भवानीपुरबाट उपनिर्वाचन लड्ने

हिमालीसंचार संवाददाता
४४९ पटक

कोलकाता – हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी)ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा शपथ लिइसकेकी छन्।

तर, उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी ६ महिनाभित्र पश्चिम बंगालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ। मुख्यमन्त्रीले उपनिर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यसपहिले दुईपटकसम्म निर्वाचन जितेको क्षेत्र हो।

यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजे पनि भारतीय जनता पार्टीका तर्फबाट उमेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजित भएकी थिइन्।

पश्चिम बंगालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमूल कांग्रेसले मुख्यमन्त्री बनाएको हो। त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपुर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए।

“पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाव आएपछि मैले सोचेँ कि मुख्यमन्त्रीका लागि मेरो सिट खाली गर्नुपर्नेछ। त्यहाँ कुनै दबाब छैन। सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो। मैले उहाँसँग कुरा गरेँ। यो उहाँको नै सिट थियो। मैले यसलाई सुरक्षित मात्रै गरेको हो,” चटर्जीले राजीनामापछि सञ्चारमाध्यमसँग बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...