News Portal

विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला सांसद र मन्त्रीको कब्जामा

हिमालीसंचार संवाददाता
५२० पटक

यज्ञराज जोशी
काठमाडौं – विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदले कब्जा गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर आफ्नो निर्वाचन क्षेत्रमा धेरै स्वास्थ्य सामग्री लैजाने गरेका छन्। स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मेवारी लिएको स्वास्थ्य सेवा विभागमा नेताहरु दैनिक सामग्री चाहियो भन्दै पुग्ने गरेको कर्मचारीहरु बताउँछन्।

विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले नियमित प्रक्रिया अन्तर्गत प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रहरुमार्फत सामान पठाउनुपर्ने भए पनि पछिल्लो समय सांसदहरु आफैँले सामान लैजाने गरेको बताए।

‘हामीले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरुमा सामान पठाउने गरेका छौँ। उनीहरुले जिल्लामा आवश्यकताअनुसार स्वास्थ्य सामाग्री पठाउँछन्,’ तिंकरीले भने, ‘केही सांसद ज्यूहरु पनि आउनुभएको छ। उहाँहरुले व्यक्तिगत हिसाबमा जिल्लामा लैजान्छु भन्नुहुन्छ। अस्पतालका नाममा लेखेर हामी पठाउँछौँ।’

उनले स्वास्थ्य सामाग्रीको अभाव भएकाले जताततैबाट सामान चाहियो भनेर दबाब आउने गरेको बताए। अघिल्लो हप्ता निवर्तमान ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १८ सिलिन्डर अक्सिजन गृहजिल्ला अर्घाखाँची लैजाने भन्दै लिएका थिए।

यस्तै, एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुर केसी अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री बोकेर सोमबार गृहजिल्ला दाङ पुगेका थिए। उनीहरुले आफ्नो पहलमा स्वास्थ्य सामाग्री ल्याएको दाबी गरेका थिए। तर, ती सामग्री उनीहरुले मन्त्रालयबाट लिएका थिए।

चीनबाट सहयोग प्राप्त सिलिन्डरमध्ये पाँच थान गत शनिबार सांसद गंगा चौधरीको डेरामा भेटिएको थियो। उनले स्वास्थ्यमन्त्रीलाई भेटेर लमही अस्पतालका लागि उक्त अक्सिजनको जोहो गरेको बताएकी छिन्। तर मन्त्रालयले चीनबाट प्राप्त सामाग्री वितरण गर्ने सूचीमा भने लमही अस्पताल परेको थिएन।

महिला तथा बालबालिकामन्त्री जुलीकुमारी महतोले ७५ वटा अक्सिजन प्रदेश २ मा आफ्नो पहलमा ल्याएको दाबी गरेकी थिइन्। यद्यपि पछि चीनबाट आएका चार सय थान सिलिन्डरमध्ये प्रदेश २ को भागमा ती सिलिन्डर परेको खुल्न आएको थियो।

त्यसबाहेक ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराई, भक्तपुरका एमाले सांसद महेश बस्नेत, कास्कीबाट निर्वाचित एमाले सांसद खगराज अधिकारी, माओवादी केन्द्रका सांसद वर्षमान पुनले पनि आ-आफ्नो क्षेत्रका लागि अक्सिजन लगायत स्वास्थ्य सामाग्री लगेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विदेशबाट सहयो स्वरुप प्राप्त स्वास्थ्य सामाग्री सामानुपातिक हिसाबले प्रत्येक प्रदेशमा आवश्यता अनुरुप वितरण गरिएको जानकारी दिए। ‘अक्सिजनलगायत स्वास्थ्य सामाग्री वितरणको जिम्मा स्वास्थ्य मन्त्रालयको हो। केही सांसदले देशभर लकडाउन भएका कारण आफ्नो गाडीमा सामाग्री लैजान्छौँ भन्नुभएको होला,’ प्रवक्ता गौतमले भने ‘अस्पतालकै नाममा पत्र काटेर उहाँहरुसँग ती सामाग्री पठाउने गरिएको छ।’

आफूले अहिलेसम्म कोहीपनि सांसदलाई अक्सिजन नदिएको तर अस्पतालबा प्राप्त पत्रका आधारमा लैजान सहजीकरण भने उनीहरुले गरिदिएको हुनसक्ने उनले बताए। ‘आवश्यकताका आधारमा वितरण भएको छ र हुन्छ,’ प्रवक्ता गौतमले दाबी गरे, ‘अस्पतालले नै हामी आउन सकेनौँ पठाइदिनु भनेर पत्राचार गरेपछि सांसदसँग पठाइएको होला। कुनै सांसदहरूको दबाबमा अक्सिजन लगायत स्वास्थ्य सामाग्री दिइएको छैन।’

उनले कुन–कुन अस्पताललाई कति सिलिन्डर दिने भनेर आफूहरुले मापदण्ड तोकेको र त्यहीअनुसार वितरण भइरहेको बताए। दश जना बिरामी भेन्टिलेटरमा भए २४ घन्टामा २१ सिलिन्डर र ५० जनाजति बिरामी एचडीयूमा भए ८१ सिलिन्डर आवश्यकता पर्ने मापदण्डका आधारमा अस्पतालले अक्सिजन पाउने गरेको उनले बताए। स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक सुशील प्याकुरेलले सांसद र मन्त्रीले पहुँचका भरमा अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री कब्जा गर्नु पद तथा शक्तिको दुरुपयोग भएको बताए।

‘सिलिन्डर आफैँ लाने काम गैरजिम्मेवारीपूर्ण र पद तथा शक्तिको दुरुपयोग हो,’ उनले भने, ‘आवश्यकता अनुसार वितरण प्रणालीमार्फत स्वास्थ्य सामाग्री पु¥याउने वातावरण बनाउनुपर्ने हो। तर उहाँहरुले स्वास्थ्य प्रणालीलाई असर पुग्नेगरी गैरजिम्मेवारपूर्ण व्यवहार देखाइरहनुभएको छ। जुन सरासर गलत हो।’ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि चीनबाट प्राप्त अक्सिजनका सिलिन्डर नेता र सांसदका घरमा राखिनु राज्यशक्तिको दुरुपयोग भएको भन्दै छानबिनको माग गरेका छन्।

‘चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दुरुपयोग एवं भ्रष्टाचार हो,’ उनी भन्छन्, ‘यसको तुरुन्त छानबिन गरियोस्। सिलिन्डर कहाँ, कसरी वितरण गरियो, सार्वजनिक होस्। प्राथमिकताको निर्धारण गरी वितरण गरियोस् न कि पहुँचका आधारमा।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...