News Portal

  • झापाली समाज युएईद्वारा कोरोना प्रभावित सदस्यलाई प्रोत्साहन स्वरुप राहत प्याकेज

    हिमालीसंचार संवाददाता
    ५०८ पटक

    रामप्रसाद ढुंगेल/युएइ – झापा-झापाली समाज युएईले कोरोना प्रभावित आफना आजीवन सदस्य तथा सदस्यका परिवारलाई प्रोत्साहन राहत प्याकेज ल्याई राहत वितरण गरेको छ ।

    वैदेशिक रोजगारीको लागि युएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफना करिब ४ सय आजीवन सदस्य तथा तिनका परिवारलाई झापा जिल्लाभित्र कोरोना पोजेटिभ भएको जानकारी पाएमा प्रोत्साहन प्याकेजका रूपमा सेनिटाइजर, साबुन, मास्क, डाबर  च्यवनप्रास लगायतका सामग्रीहरु घरमै पुगेर हस्तान्तरण गर्ने योजना ल्याएको हो ।

    झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र समाजको नेपाल सम्पर्क समितिका मेचीनगर इन्चार्ज बलराम अर्यालले जेठ ६ गते मेचीनगर नगरपालिका-५ स्थित आजीवन सदस्य नारायण भट्टराईको घरमा कोरोना प्रभावित ५ जना सदस्यलाई प्रोत्साहन प्याकेज वितरण गरेको छ । 

    यसैगरी कोरोना प्रभावित आजीवन सदस्य सुनम भट्टराई र   तेजमणि सुवेदीको परिवारलाई पनि जेठ ५ गते केन्द्रीय अध्यक्ष कार्की र नेसस सचिव सुवेदीको उपस्थितिमा प्रोत्साहन प्याकेज वितरण गरिएको थियो । प्रोत्साहन प्याकेज पाएर आत्मबल बढेको लाभान्वित परिवारले प्रतिक्रिया दिएको वितरणमा सहभागी अध्यक्ष कार्कीले बताएका छन् ।

    निषेधाज्ञाको समयमा स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा अन्य  सदस्यहरु र निजका परिवारहरुलाई पनि प्रोत्साहन प्याकेज वितरण गरिमे झापाली समाज युएईका नेपाल सम्पर्क समिति अध्यक्ष दुर्गेस सापकोटाले बताएका छन् । 

    नेपाल सम्पर्क समिति सचिव मणि सुवेदीले आफना सदस्य वा सदस्यका परिवार कोरोनाबाट प्रभावित भएको खण्डमा झापाका १५ वटै पालिकामा रहेका इन्चार्जहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

    नेपालमा स्वास्थ्या संकट आएको प्रतिकुल अवस्थामा झापाली समाज युएईले शुरूवात गरेको यो अनुकरणीय कामको सबैले सिको गर्नुपर्ने अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजमा आबद्द झापाली समाज युएई आफना रचनात्मक कामहरुले अग्रपंक्तिमा रहेको अध्यक्ष सुब्बाले दाबी गरेका छन् ।

    जिल्ला प्रसाशन कार्यालयमा सामाजिक संस्थाको रूपमा दर्ता भएको झापाली समाज युएईको सुरुङ्गामा कार्यालय रहेको छ । आजिवन सदस्य उत्थान कोष र असहाय बालबालिका छात्रवृत्ति कोष गरेर जम्मा २३ लाख रुपैयाँ पुजी झापाका बैंकमा मुद्ती खातामा राखेर झापाली समाज युएईले सहयोगका कामहरुलाई निरन्तरता दिइरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...