News Portal

प्यालेस्टाइनको हमासपछि लेबनानबाट पनि इजरायलमाथि आक्रमण

हिमालीसंचार संवाददाता
४०२ पटक

एजेन्सी – इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेकाबेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ। सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ। तर, यी रकेटले सीमा पार गरेर इजरायलतर्फ आउन नसकेर लेबनानमै खसेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ।

यसको जवाफमा इजरायलले पनि लेबनानतर्फ २० भन्दा धेरै रकेट हानेको बताइएको छ। लेबनानतर्फबाट भएको आक्रमणमा कोही हताहत भएको जानकारी भने छैन। लेबनानतिरबाट रकेट आक्रमण भएपछि उत्तरी इजरायलको सीमावर्ती क्षेत्रमा साइरन बज्न थालेका थिए। त्यसपछि इजरायली सुरक्षाबलले सीमासँग जोडिएका ४ किलोमिटर क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सारेको थियो।

लेबनानी सैन्य सूत्रले समाचार एजेन्सी एएफपीलाई दक्षिणी लेबनानको शेबा फर्म क्षेत्रबाट केही रकेट प्रहार भएको बताएको छ। इजरायलका सैन्य प्रवक्ता हिदाइ जिल्बरम्यानले मंगलबार बिहान आफूहरुलाई यो आक्रमण कुनै प्यालेस्टाइनी गुटले गरेको जस्तो लागेको बताए।

इजरायली सुरक्षा बलले लेबनानको तर्फबाट यस प्रकारको आक्रमण जारी रहने आशंका गरेको छ किनकि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ। अहिले इजरायली सेनाले २०१४ मा जस्तै हवासमाथि निरन्तर हवाइ आक्रमण गरिरहेको छ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघको अन्तरिक बलले पनि दक्षिणी लेबनानको राशा अल फौखर आसपासबाट रकेट हानिएको पुष्टि गरेको छ।

लगत्तै राष्ट्रसंघीय बलले तत्काल लेबनानी र इजरायली सेना प्रमुखलाई सम्पर्क गरेर संयम राख्न भनेको थियो। पछिल्लो एक हप्तामा सीमापारी लेबनानबाट इजरायलमा रकेट आक्रमण भएको यो दोस्रो घटना हो। बिहीबार लेबनानबाट उत्तरी इजरायलमा ३ रकेट प्रहार भएका थिए तर ती रकेट भूमध्य सागरमै खसे।

लेबनानका हिजबुल्लाह लडाकुसँग इजरायल २००६ देखि लडिरहेको छ। यो गुटको दक्षिणी लेबनानमा पकड बलियो छ र उनीहरु इजरायलमाथि आक्रमण गरिरहन्छन्। लेबनानमा साना प्यालेस्टाइटी गुट पनि छन् जो इजरायलमाथि आक्रमण गरिरहन्छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...