काठमाडौं – राष्ट्र बैंकले आजको बजारमा विदेशी विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार बुधबार (जेठ–५ गते, मे–१९)को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५८ पैसा र विक्रिदर ११७ रुपैयाँ १८ पैसा रहेको छ।
मंगलबारको तुलनामा आज डलरको भाउ २६ पैसाले घटेको छ। त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ४४ पैसा र विक्रिदर १४३ रुपैयाँ १८ पैसा रहेको छ। मंगलबारको तुलनामा आज युरोको भाउ ३९ पैसाले बढेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६० पैसा र विक्रिदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ। मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७७ पैसाले बढेको छ।