News Portal

गएराती जाजरकोटको थलह बजारमा ४ लाखको बराबरको चोरी

हिमाली संचार संवाददाता
४८८९ पटक

सुशील सिंह
जाजरकोट – जाजरकोटको थलह बजार दश दिन भित्रमा २ पटक गरी ४ वटा पसल तोडफोड गरि लाखौं रुपैयाँ बराबरको चोरी भएको छ।

जाजरकोटको छेडागाड न.पा. वाडा न.५ थलह बजारमा गएराती अज्ञात समुहद्वारा ब्यापारीहरु नेत्रलाल पोखरेल, तेज बहादुर शाही, उपेन्द्र हमाल, कमलेश खडकाको पसलको ताला फोडेर नगद सहित सरसमान चोरेर लगेका छन।

करिब ४ लाखको बराबरको चोरी भएको ब्यापारी नेत्रलाल पोखरेलले हिमाली संचारलाई जानकारी दिए।

बडाबन प्रहरी चौकी थलह बजार देखी ३ किलोमिटर टाढा रहेको छ। २ बर्ष अघि देखी हामीले सुरक्षाको लागी बजारमा अस्थायी चौकीको माग गरेका हौ तर जिल्ला प्रहरी कार्यलय जाजरकोटले बिबिधकारण देखाउदै आलटाल गरेको ब्यापारीहरुको गुनासो छ।

प्रहरी र स्थानीय जनता बिच छलफल गर्दा प्रहरीले हॉमीले गृहमन्त्रालयबाट स्वीकृत पाउनुपर्छ भन्दै टार्दै आएको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले सुरक्षा समितिकाे निर्णय सहित गृह मन्त्रालयमा पठाएको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...