News Portal

इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

हिमालीसंचार संवाददाता
३७१ पटक

एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ।

यसैबीच इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध हालैका वर्षमा सबैभन्दा ठूलो कारबाही भइरहेको र यो चाँडै अन्त्य नहुने चेतावनी दिएका छन्।

शुक्रबार साँझ तेल अभिभ सहरको सुरक्षा सम्बन्धमा आयोजित बैठकपछि उनले भने, ‘हाम्रो राजधानीमा हमला गरिएको छ र हाम्रा सहरमा क्षेप्यास्त्र हानिएको छ। उसले यसको महँगो मूल्य चुकाउनुपर्नेछ र ठूलो क्षति बेहोरिरेको पनि छ।’

यसअघि नेतान्याहुले भनेका थिए, ‘इजरेली सेना गाजा क्षेत्रमा त्यतिबेलासम्म रहनेछन्, जतिबेलासम्म त्यहाँ सैन्य कारबाही आवश्यक हुन्छ।’ उता हमासका सैन्य प्रवक्ताले चेतावनी दिएका छन्, ‘इजरेली सेनाले स्थलगत कारबाही गर्ने निर्णय गर्‍यो भने हामी त्यसको कडा जवाफ दिन तयार छौं।’

प्यालेस्टाइनी विद्रोही र इजरेली सेनाबीच गत सोमबारदेखि गोलाबारी भइरहेको हो। जसमा परी अहिलेसम्म गाजामा सयभन्दा बढी र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...