News Portal

  • नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

    हिमालीसंचार संवाददाता
    ४०६ पटक

    रियाद – नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन्। कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्।

    यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने, उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन्। यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन्।

    यसैगरी सदस्यहरुमा गोपाल पंगेनी, नरेश सापकोटा, कृष्ण भुसाल, पदमबहादुर महता, सूर्यमणि पाण्डे, कल्पना बस्नेत पोख्रेल, बुद्धिमान घले, भीमबहादुर विश्वकर्मा र तुल्सीराम दुवाल चयन भएका छन्। अधिवेशनले महासमिति सदस्यमा तुसुङबहादुर थापा, दीपक रेग्मि र द्वारिकाराज गिरीलाई चयन गरेको छ भने, महाधिबेशन प्रतिनिधिमा क्रमशः सुरेशराज त्रिपाठी, प्रमोद लामिछाने, पुरुषोत्तम खनाल र नमराज लामिछानेलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...