News Portal

  • निषेधाज्ञाकाे फाईदा उठाउदै रंगेलीमा कालाे बजारी

    हिमालीसंचार संवाददाता
    ३३२ पटक

    रबिन्द्र बराल काेराेना भाईरस दाेस्राे चरण सुरु भए संगै भाईसरका कारण मृत्युु भएपछि नेपाल सरकार , प्रदेश तथा जिल्लाले काेराेना नियन्त्रणका लागि प्रदेश भरिनै निषेधाज्ञा धाेषणा गरेकाे छ। निषेधाज्ञा भएपछि व्यपारीहरुले भने निषेधाज्ञाकाे मैका छाेपि हरेक खाधन्य बस्तु हरुमा काेलाे बजारी सुरु गरेका छन ।

    रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका तथा धनपालथान गाउँ पालिका क्षेत्रमा रहेका खुद्रा तथा थाेक बिक्रेताहरुले खाद्यान्न खरिद गर्दा केही साताकाे भन्दा बडि मुल्य लिएर बिक्रीवितरण गर्ने गरेको स्थानीयले आराेप लगाएका छन । खाधन्य पसलहरुमा सर्वसाधारण हरुले देख्ने गरि मूल्य सुची लेखिएको बाेड राख्नुपर्ने भएता पनि उक्त पसल हरुमा भने कुनै मूल्य सुचि नराख्ने गरिएको भेटिएको छ ।

    व्यपारी हरुले मूल्य सुचि नराख्दा सर्वसाधारण हरुसंग व्यपारीहरुले मनपरि ढङ्गबाट रकम लिने गरेका छन । निषेधाज्ञाकाे समयमा खाधन्य बस्तुहरुलाई निर्वाद रुपमा आयत गर्ने दिएता पनि व्यपारीहरुले भने सामानकाे मुल्य बडेकाे भन्दै उपभोक्तहरुसंग बडि रकम लिने गरेका छन । भाेला गुट्काका पर्वअञ्चल डिलर प्रमुख किशन बाेहराका अनुसार अहिलेसम्म भाेला गुट्कामा कुनै भाउ नबडेकाे र दाेस्राे चरणकाे लकडाउन सुरु भए पछि उत्पादन समेत बन्द भए उनलेे बताए । तर ब्यपारीहरुले भने गाेदाममा कालाे वजारी गर्ने बडि मुल्यमा बिक्रीवितरण गर्ने गरेका छन ।

    बजारमा अहिले भाेला गुट्का एक प्याकेटकाे मूल्य २ सय ५० रुपैयाँ बिक्री हुदै आएता पनि निषेधाज्ञा भए पछि ५ सय देखि ५ सय ५० रुपैयाँ सम्म बिक्री हुने गरेको स्थानीय सचिन साहले बताए ।यसरी सामन्य कुरामा समेत व्यपारी हरुले मनपरि रकम लिने गरेका छन । अरु खाधन्यमा कति मनपरि रकम लिएका हाेलान आफै अनुमान गर्ने सकिन्छ । चाडपर्वकाे समयमा मात्रै खाधन्य तथा नापतौल कार्यलय बिराटनगर अनुगमन गर्ने गरेको तर अरु समयमा अनुगमन नगर्दा गाउँ घरका सर्वसाधारणहरुलाई व्यापारीहरुसंग ठगिन वाध्य हुनु परेको छ ।

    रंगेली तथा विभिन्न ठाउँका व्यापारीहरुले उपभोक्तहरुलाई सामान खरिद गरेपछि व्यपारीहरुकाे दाेकानकाे नाम भएको बिल दिनुपर्ने भएता पनि व्यपारीहरुले भने समान्य सादा कागजमा बिल दिने गरेका छन । उपभोक्ताले दाेकान काे विल माग्दा समेत व्यपारीहरुले उपभोक्ताहरुलाई सामान लिने भने लिनु नभए नलिनु भन्दै पठाउने गरेको स्थानीय सागर साहले बताए । काेराेनाकाे महामारी समयमा स्थानीय सरकारले बेला बेलामा अनुगमन नगर्दा व्यपारीहरुले सर्वसाधारणहरुसंग बडि मुल्य लिएर खाधन्य हरु बिक्रीवितरण गर्ने गरेको स्थानीय द्राेपति देवि मंण्डल ले बताईन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...