News Portal

कर्णालीबाट निलम्बन परेका दुई एसपीसहित इन्सपेक्टरको निलम्बन फुकुवा गर्न सिफारिस

हिमालीसंचार संवाददाता
४८६ पटक

काठमाडौँ – भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रहरी प्रधान कार्यालयले दुई एसपीको ५ ग्रेड तलव घटुवा गरेको छ। इन्सपेक्टर चौरसियाको चार ग्रेड तलब घटुवा गरिएको छ। प्रहरी नियमावली–०७१ को नियम (११२) अनुसार अनुशासनहीन काम गरेमा, आदेश नमानेमा, बिनाकारण कार्यालयमा अनुपस्थित भएमा र लापरवाही गरेमा ग्रेड घटुवा गर्न मिल्ने व्यवस्था छ।

प्रहरीले नियमावलीले भ्रष्टाचार गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको छ। तर, प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सामान्य कारवाही गरेर बिहीबार सेवामा फिर्ता गर्नका लागी गृह मन्त्रालयमा सिफारिस गरेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...