News Portal

हुलाकी सडक निर्माणमा चरम लापरबाही

हिमालीसंचार संवाददाता
२८३ पटक

रबिन्द्र बराल -बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणको क्रममा झापाको रतुवा देखि किस्नी सम्मको खण्डमा कमसल र गुणस्तरहिन सामग्रीको प्रयोग गरेको पाईएको छ । ठेकेदार कम्पनीले झापाको गाैरीगञ्ज वडा नम्बर ५ भित्र पर्ने चिल्हारा – बालुगाउँ खण्डमा माटोको साटो रतुवाखाेलाकाे गुणस्तरहिन पहेलो बालुवा प्रयोग गरेको पाईएको हो ।

ठेकेदारले सो सडकको रामचन्द्रे पुल पश्चिमको खण्डमा सडकमा प्रयोग गर्नका लागि नदिको गुणस्तरहिन बालुवा सडक किनारामा राखेको छ । सो सडक खण्डमा निर्माणको काम समेत गुणस्तरहिन रहेको स्थानियहरुले बताएका छन् । खजुरगाछी देखि चिल्हारा सम्मको खण्डमा माटो काे काममा राेलरले माटाे न पेलि कालोपत्रे गरेको पाईएको छ ।

सडकको माटो राम्ररी नपेलिएका कारण सामान्य बर्षा हुदा सडक किनाराको माटो बगेर कालोपत्रे सडकमा समेत क्षेति पुगेको छ । सामान्यतया सडक बिचको सात मिटर फराकिलो पिच र छेउमा दुई दुई मिटर ग्राभेलको क्षेत्रमा एकै पटक माटो फिलिङ्को काम गरिनु पर्ने भएता पनि ठेकेदारकाे लापरबाहीका कारण सडककाे काम भने गुणस्तरीय हिन भएको छ । बिचमा कालोपत्रे गरिसकेपछी फेरी साईडमा माटो भरेर रोलर चलाउदा कालोपत्रे कमजोर हुने स्थानीयले बताए ।

स्थानिय अशोक ताजपुरियाका अनुसार सो सडकमा गुणस्तरहिन सामग्रीको प्रयोग सँगै निर्माण कार्य समेत गुणस्तरहिन रहेको बताएकाछन् ।‌हुलाकी सडक निर्देशनालयले राम्रो’अनुगमन नगरेको र जनप्रतिनिधिहरुले समेत बेवास्ता गर्दा सो को फाईदा उठाउदै ठेकेदार कम्पनिले कमसल काम गरेको भेटिएको छ । त्यसैगरि स्थानिय रामलाल सुतिहारले सडक भन्दा निकै अग्लो नालाहरु बनाईएकोले मोटरसाइकल लगायतका साधन लिएर घरबाट बाटोमा निस्कन र बाटो बाट घर पस्न समेत गाह्रो हुने गुनासो गरेका छन् ।

स्थानिय धन बहादुर थापाले ३० मिटर फराकिलो सडक बनाउने सुचना जारी गरेर ३० मिटर क्षेत्र भित्र परेका घर सँरचनाहरु हटाउन बाध्य बनाएको तर अहिले सडक ११ मिटरमा मात्र सिमित गरेको बताएका छन् । उनले जनताले घर भत्काएको क्षतिपूर्ति स्थानिय सरकार वा ठेकेदारले दिनु पर्ने माग गरेका छन् । गजुरमुखि माेतिदानका प्रमुख बिकास गाैतमका अनुसार साे ठाउँमा आफुहरुले बालुवा नहालेकाे माटाे मात्रै हालेको बताए । रतुवा देखि कमल खोला सम्मको हुलाकी सडकको १८ किलोमिटर सडक बनाउने ठेक्का गजुरमुखी मोतिदान जेभि कन्स्ट्रक्सन ले १८ किलोमिटर का लागि ८९ कराेड बराबरमा ठेक्का पाएको हो ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...