News Portal

  • खाडीबाट युवा सावाँ ब्याज गनेर फर्किन्छ

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    मन्दिर छिरेपछि भक्त लाश बनेर फर्किन्छ
    घाटबाट मलाम जल्यो सव भनेर फर्किन्छ !

    पानी ल्याउँछु भनेसी जनता मत खसाल्छ
    प्यासी बस्तीको नेता मुहान थुनेर फर्किन्छ !

    किन लोभ गर्दछौ लोभको कुनै सीमा हुँदैन
    जुवाखालमै जुवाडे चिहान खनेर फर्किन्छ !

    पीडा कति श्रमिकको बुझिदिने को नै छ र
    खेतमै किसान उखुकै पासो बुनेर फर्किन्छ !

    धोकाबाजी भए क्रान्तिप्रति विश्वास टुट्छ
    युध्दबाटै योध्दा आफैँ हार मानेर फर्किन्छ !

    बालुवाको तातोमा आफ्ना सपना जलाएर
    खाडीबाट युवा सावाँ ब्याज गनेर फर्किन्छ !

    गरीबीको माखे साङ्लो गलामा बेरिएपछि
    नुन किन्न गएको बाबु विष किनेर फर्किन्छ !

    – प्रथा।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...