News Portal

  • एक मात्र राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डेढ करोड खर्चको अनुमान

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    काठमाडौं – निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ। उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ। आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको हो।

    आयोगले मंगलबार निर्वाचनका लागि ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८’ समेत तयार गर्दै बाग्मती प्रदेशको रिक्त एक सदस्य पदपूर्तिका लागि हुने उपनिर्वाचनमा १ करोड ६१ लाख ३० हजार खर्च हुने अनुमान गरेको हो।

    आयोग प्रवक्ता राजकुमार श्रेष्ठले कार्यविधिअनुसार नै आवश्यक बजेट माग गरिएको जानकारी दिए। कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा बजेट खर्च हुने उनले बताए।

    निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार सो कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको हो। सोमबार मात्रै आयोगले उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको थियो।

    स्वीकृत कार्यतालिकाअनुसार २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ वैशाखमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही, २३ वैशाखमा अन्तिम मतदाता नामावली प्रकाशन रहेको छ।

    यसैगरी, २४ वैशाखमा उमेदवार मनोनयनपत्र दर्ता तथा मनोनयनपत्र दर्ता भएका उमेदवार सूची प्रकाशन, २५ वैशाखमा उमेदवारको विरोधमा उजुरी दिने, २६ र २७ वैशाखमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ वैशाखमा उमेदवार नामावली प्रकाशन हुनेछ।

    त्यस्तै, २८ वैशाखमा उमेदवारले नाम फिर्ता लिने र २९ वैशाखमा अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरिसकेको छ। उपनिर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा बिहान ९ बाट दिउसो ३ बजेसम्म मतदान हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...