News Portal

सल्यानको बन्गाड कुपिण्डेका डिल्लीबहादुरको अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै मृत्यु

हिमालीसंचार संवाददाता
४७१ पटक

सल्यान – एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो।

भारतबाट आएको केही दिनअघि बिरामी भएपछि सुरुमा उनलाई सल्लीबजारमा रहेको सञ्जिवनी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार गराएर उनलाई फर्काइएको थियो। ‘सोमबार राति अवस्था थप गम्भीर भएपछि एम्बुलेन्स खोज्यौं, जताततै फोन गर्यौं तर कतै पाइएन। घरमै छोराको ज्यान गयो,’ मृतकका बाबु कुलबहादुर बुढाले भने।

बन्गाड कुपिण्डे नगरपालिकाले गत वर्ष नयाँ एम्बुलेन्स किनेको र कागजी प्रक्रिया नपुगेको भन्दै इलाका प्रहरी कार्यालय सल्लीबजारमा थन्किएको छ। छोरालाई समयमै उपचारका लागि बाहिर लैजान नसकेकाले मृत्यु भएको बुढाले बताए।

जिल्लामा अहिले कोरोना संक्रमितको संख्या हवात्तै बढिरहेको र भारतबाट आएका बुढाको नयाँ कोरोनाको कारण मृत्यु भएको हुनसक्ने भन्दै सम्बन्धित निकायले स्थानीयलाई सजग रहन आग्रह गरेको छ। यो खबर विप्लव महर्जनले कान्तिपूरमा लेखेका छन।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...