News Portal

सल्यानको बन्गाड कुपिण्डेका डिल्लीबहादुरको अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै मृत्यु

हिमालीसंचार संवाददाता
५१६ पटक

सल्यान – एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो।

भारतबाट आएको केही दिनअघि बिरामी भएपछि सुरुमा उनलाई सल्लीबजारमा रहेको सञ्जिवनी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार गराएर उनलाई फर्काइएको थियो। ‘सोमबार राति अवस्था थप गम्भीर भएपछि एम्बुलेन्स खोज्यौं, जताततै फोन गर्यौं तर कतै पाइएन। घरमै छोराको ज्यान गयो,’ मृतकका बाबु कुलबहादुर बुढाले भने।

बन्गाड कुपिण्डे नगरपालिकाले गत वर्ष नयाँ एम्बुलेन्स किनेको र कागजी प्रक्रिया नपुगेको भन्दै इलाका प्रहरी कार्यालय सल्लीबजारमा थन्किएको छ। छोरालाई समयमै उपचारका लागि बाहिर लैजान नसकेकाले मृत्यु भएको बुढाले बताए।

जिल्लामा अहिले कोरोना संक्रमितको संख्या हवात्तै बढिरहेको र भारतबाट आएका बुढाको नयाँ कोरोनाको कारण मृत्यु भएको हुनसक्ने भन्दै सम्बन्धित निकायले स्थानीयलाई सजग रहन आग्रह गरेको छ। यो खबर विप्लव महर्जनले कान्तिपूरमा लेखेका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...