News Portal

सुडान घोटालामा दोषी ठहर ठेकेदार शम्भु भारतीको मुद्दा सर्‍यो 

हिमालीसंचार संवाददाता
४६१ पटक

काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि निसु सरेको छ।

राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने नेपाल प्रहरीको लागि एपीसी र सोको स्पेयर पार्ट्स खरिद अनियमिततामा भारती दोषी ठहर भएका थिए। भारती ०७६ भदौ १२ गते पक्राउ परेका थिए। त्यसपछि उनले थुनाबाहिर बसेरै मुद्दाको पुनरवलोकन गर्न पाऊँ भन्दै निवेदन दिएका थिए।

सर्वोच्च अदालतले मागबमोजिम आदेश दिएपछि भारती ०७६ पुसमा थुनामुक्त भएका थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले भारतीलाई दोषी ठहर गर्दै  १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय हुने फैसला गरेको थियो।

सो फैसलाविरुद्ध उनले दिएको पुनरवलोकनको निवेदनमा अनुमति पाएको थियो। सर्वोच्च अदालतले सुडान घोटालामा नेपाल प्रहरीका तीनजना पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना र ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। बाह्रखरीबाट

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...