News Portal

  • भ्रष्टाचारको अड्डा: कोहलपुर नगरपालिका, अनियमितता लुकाउन भ्रामक विज्ञप्ती

    हिमालीसंचार संवाददाता
    ३७७ पटक

    बाँके – ‘भ्रष्टाचारको अड्डा’का रुपमा परिचत बनेको बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएको छ। नगरपालिकालाई कमाउधन्दा बनाएका केही जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बचाउ गर्दै पालिकाभित्रका अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएका छन्।

    सत्यपाटी डटकमका प्रकाशक तथा सम्पादक काशीराम शर्माले पटक-पटक सूचना माग गर्दा बेवास्ता गर्दै आएका नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीले सत्यपाटी डटकमले कोहलपुर नगरपालिकाभित्रका बेतिथि र अनियमितताका बारेमा निरन्तर समाचार ‘फ्लोअप’ गरेपछि अत्तालिएका केही जनप्रतिनिधि र कर्मचारीहरुले ‘भ्रामक विज्ञप्ती’लाई सहारा आफ्नो बचाउ गरेका छन्।

    कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र प्रमूख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा संयुक्तरुपमा हस्ताक्षर गरिएको ‘भ्रामक विज्ञप्ती’ जारी गर्दै केही जनप्रतिनिधि र कर्मचारीहरुको बचाउ गरेका छन्। वास्तविकता लुकाएर जारी गरिएको ‘भ्रामक विज्ञप्ती’ले कोहलपुरबासीलाई थप भ्रमित पारेको छ।

    नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले आफूहरु चोखो बन्नका लागि विज्ञप्तीको सहारा लिएर कोहलपुरबासीमा नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले थप भ्रम फैलाएको बताएका छन्। उनले अनियमितता लुकाउन आफूसहित केही पत्रकारका विरुद्धमा मुद्दा हाल्ने तयारी गरिएको जानकारीसमेत आएको पनि बताए।

    सत्यपाटी डटकमका अध्यक्ष एवं सम्पादकसमेत रहेका शर्माले सूचना माग गर्दै इमेलमार्फत निवेदन दिएको झण्डै १० महिना बितिसक्दा पनि कोहलपुर नगरपालिकाले अझैसम्म सूचना मागकर्तालाई सूचना उपलब्ध गराएको छैन। २०७७ साउन १३ गते शर्माले यस नगरपालिकासँग विभिन्न चार वटा विषयसँग सम्बन्धीत सूचना माग गरेका थिए।

    सूचना दिए अनियमितता खुल्ने डरले पत्रकारलाई धम्क्याउँदै आएका केही जनप्रतिनिधि र कर्मचारीहरु अहिले विज्ञप्तीलाई सहारा बनाएर अनियमितता लुकाउन लागिपरेको बताउँदै नगर सचिव भण्डारीले भने, ‘आफ्नो अनुकूल नहुने सूचना पाउन निकै कठिन छ।’ उनले सूचनाको हकअनुसार सञ्चारकर्मीलाई मात्रै होइन आमनागरिकलाई सूचनाबाट बञ्चित गरिएको बताए।

    उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोहलपुर नगरपालिकाले जनताको छाना कार्यक्रम रोकेर सुविधा सम्पन्न सवारी साधन, कार्यालयमा बगैचा निर्माण र कर्मचारीका लागि चार क्वाटर व्यवस्थापन गरेको छ।’ यसले पनि कोहलपुर नगरपालिकाभित्रको बेथितिलाई प्रष्ट्याएको छ।

    त्यस्तै नगरपालिकामै कार्यरत सव–इन्जिनियर महादेव जोशीले पनि नगरपालिकाले कर्मचारीको मनोवल घटाउने कार्य गरेको इङ्गित गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘विकास र समृद्धिको मिसनमा हिँडेको नगरपालिकामा वडाका प्राविधिक कर्मचरीहरुलाई एक बर्षसम्म कम्प्युटर, बस्ने कुर्सीसम्म नदिएको अवस्था। कसरी हुन्छ उच्च मनोवल ?’

    यसरी नगरपालिकाभित्रैका कर्मचारीलाई काम गर्ने वातावरण बनाउन नसकेको नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले सत्यपाटीमा प्रकाशित भएका समाचारलाई भ्रमित भन्दै नगरपालिका भित्रको अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’को सहारा लिएर आम कोहलपुरबासीमाझ झुटको खेती गरिरहेको सरोकारवालाहरु बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...