News Portal

मकाउबाट नयाँ बर्षको अवसरमा ताप्लेजुङ स्थित वालमन्दिरका वालवालिकाहरुलाई जुता सहयोग (भिडियो सहित)

“समाजसेवी गीता मगर शेर्पाको पहलमा बालवालिकालाई जुता सहयोग गरेकी हुन”

हिमालीसंचार संवाददाता
१२५४ पटक

मकाउ  वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउदै आइरहेका छन्। तर यो बर्ष नेपाली नयाँ बर्ष मनाउन भेला भएका नेपाली समुदायले ताप्लेजुङ जिल्लाको फुङलिङ-४ स्थित रहेको बाल मन्दिर आधारभूत विधालयका बालबालिकाहरुलाई ३५ जोर जुता सहयोग गरेका छन्।

युवा समाजसेवी गिता मगर शेर्पाको विशेष पहलमा आयोजित नयाँ बर्ष २०७८ विशेष कार्यक्रममा “ङवाङग्ल्जे शेर्पा, मंगल राई, लिल बहादुर गुरुङ ( गोरे गुरुङ), ग्याबो शेर्पा, दावा पासाङ शेर्पा, त्रिपक मगर, भिम गुरुङ, शान्ति अधिकारी, राम कार्की, कुमारी लिम्बु, राजी शाह भट्ट, इश्वर भट्ट, अमृत प्रजापति, रविन महर्जन, पासनेरी शेर्पा ममता, सुनिल काफ्ले, भाग्य, निरज मगर, चिन्ता सिरिस, तिर्थमान गुरुङ, बबिता गुरुङ, पुजा मगर, देवि पुन, सुमन पुन, सपना भुजेल, बुद्धि गुरुङ, सिमा लिम्बु, मनिष बस्नेत, माया गुरुङ, रितेस गुरुङ, सन्जिब कोयी, रुसतम श्रेष्ठ, अनिल कोइराला, बाबु शेर्पा हिसिला, विकाश मगर, छिरिङ लामा वालुङ, गिता मगर शेर्पा र भिम शेर्पा लागायदको टोलीको आर्थिक सहयोगमा ताप्लेजुङको बाल मन्दिर आधारभूत विधालयलका बालबालिकाहरुलाई ३५ जोर जुता सहयोग गरेर नया बर्ष मनाएका हुन्।

समाजसेवी गीता मगर शेर्पाले मकाउमा रहेका नेपालीहरु संग मिलेर विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आएकी छिन। उनले साथी-भाइ संगको भेटधाट कार्यक्रम, सामूहिक जन्मोत्सव र बार्षिकत्सव लगायदका विशेष कार्यक्रम आयोजना समेत गर्दै आएकी छिन। यस्ता कार्यक्रमले गर्दा आत्मीयता, आपसी सद्भाव र मित्रवत् सम्बन्ध प्रधाट हुनुका साथै विदेशमा पनी स्वदेशमा झै रमाईलो अनुभूति हुने सहभागीहरुको अनुभव रहेको छ। 

गत १८ अप्रिल २०२१ आइतवार हिमालयन हाउस ताईपामा गीता मगर शेर्पाकै पहलमा एक सामूहिक जन्मोत्सव कार्यक्रम आयोजना गरिएको थियो। जसमा मकाउका सफल युवा व्यावसायी रुसथुम श्रेष्ठ लगायद अन्य आधी दर्जन युवाहरुको जन्मोत्सव कार्यक्रम रहेको थियो।  

(फोटो फिचर)

जन्मोत्सव कार्यक्रमको भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...