News Portal

पहिचान पुरस्कार कोषद्वारा लेखक खगेन्द्र संग्रौला सम्मानित

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाण्डौ – लेखक तथा अनुवादक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्र सहित ‘पहिचान पुरस्कार कोषद्वारा’ आज सम्मानित भएका छन्। उनलाई आज कोषले सम्मान गरेको हो। 

लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त सम्मान प्रदान गरिएको हो । नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गरेका हुन। 

कार्यक्रममा वैरागी काइला विशेष कारणले उपस्थित हुन सक्नु भएन तर उनको अडियो सम्बोधन मार्फत संग्रौलाका बारेमा बोलेका थिए। सग्रौलाले लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलाई यो विशेष सम्मान गरिएको कोषले जनाएको छ ।

विस २०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई पुरस्कृत गर्दै आएको छ । साहित्य र पहिचानको क्षेत्रमा क्रियाशील स्रस्टाका लागि प्रोत्साहन गर्ने उद्देश्यले स्थापित संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ ।

यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ । संग्रौलालाई प्रदान गरिएको यो विशेष सम्मान हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...