News Portal

खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रियाे कृषक चिन्तित

हिमालीसंचार संवाददाता
३८० पटक

रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ । रंगेली नगरपालिका बडा नम्बर ४ मा बसाेबास गर्दे आएका सिधना मंण्डलले अहिले बिगत ४ बिधामा बर्षदेखी बक्राह र चिस्याङ खाेलाकाे बगरमा खर्भुजाकाे खेती गर्दे आएका छन ।

पुस महिना देखि जेठ महिना सम्मकाे खेत ठेक्का लिएर खर्भुजा खेति गरेका छन । मंण्डलका अनुसार एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउकाे बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने बताए । साे तर्भुजा खेती बालु खेतीमा मात्रै हुने भएकोले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बडि लाग्ने गरेको उनलेे बताए ।

एक बिघामा युरिया २० बाेरा,डिएपि १५ बाेरा , सात ट्याक्टर गाईकाे गाेवर गरि १ लाख देखि डेढ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ । एउटा बिरुवामा पाँच वटा मात्रै फल्ने गरेको र कुनैमा एउटा पनि न फल्ने गरेको अनुभव सुनाए । याे बर्ष गर्मी केही मात्रामा भएको हुनाले आफुलाई घाटा लाग्ने हाे कि भन्ने चिन्तित अवस्थामा रहेका छन ।

बिगत बर्षमा गर्मी बडि भएको कारण आफुलाई ४ लाख रुपैया आम्दानी भएको समेत बताए । केही साता आगाडी असिना पानी आएर धेरै खरभुजा फुटेकाे र त्यस पछि उक्त बिरुवामा डढेलाे राेगकाे प्रकाेपका कारण सबै बिरुवा सुक्दै गएकाे र फल समेत कुहिन थालेको कृषक सिघना मंण्डलले बताए । यस बर्ष २० कुईटल उत्पादन हुने अनुमान गरेता पनि राेगका कारण आफ्नाे लगानी समेत डुुुुवने हाे कि भन्दै चिन्तति भएका छन । गत बर्ष पनि काेराेना भाईरसका कारण धेरै खरभुजा खेत मै कुहिएको र यस बर्ष भने राेग लागेर धेरै नष्ट हुने उनलेे बताए ।

उनले बलाैटे खेतमा कांक्रा , फर्सि, लाैका ,करेला समेत फलाउन सफल भएका छन । एउटा तर्भुजा ५० रुपैयाँ देखि १ सय रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेकाे उनलेे बताए । उत्पादन गरेकाे खर्भुजा तथा साग सव्जि बिक्रीवितरणका लागि रंगेली दाेमहाना, कर्सिया,बिराटनगर ,ईटहरी ,दुहबी , धरान लगायतका बजारमा बिक्रीवितरणका लागि लाैजाने गरेको समेत बताए ।

 

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...