News Portal

खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रियाे कृषक चिन्तित

हिमालीसंचार संवाददाता
४३२ पटक

रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ । रंगेली नगरपालिका बडा नम्बर ४ मा बसाेबास गर्दे आएका सिधना मंण्डलले अहिले बिगत ४ बिधामा बर्षदेखी बक्राह र चिस्याङ खाेलाकाे बगरमा खर्भुजाकाे खेती गर्दे आएका छन ।

पुस महिना देखि जेठ महिना सम्मकाे खेत ठेक्का लिएर खर्भुजा खेति गरेका छन । मंण्डलका अनुसार एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउकाे बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने बताए । साे तर्भुजा खेती बालु खेतीमा मात्रै हुने भएकोले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बडि लाग्ने गरेको उनलेे बताए ।

एक बिघामा युरिया २० बाेरा,डिएपि १५ बाेरा , सात ट्याक्टर गाईकाे गाेवर गरि १ लाख देखि डेढ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ । एउटा बिरुवामा पाँच वटा मात्रै फल्ने गरेको र कुनैमा एउटा पनि न फल्ने गरेको अनुभव सुनाए । याे बर्ष गर्मी केही मात्रामा भएको हुनाले आफुलाई घाटा लाग्ने हाे कि भन्ने चिन्तित अवस्थामा रहेका छन ।

बिगत बर्षमा गर्मी बडि भएको कारण आफुलाई ४ लाख रुपैया आम्दानी भएको समेत बताए । केही साता आगाडी असिना पानी आएर धेरै खरभुजा फुटेकाे र त्यस पछि उक्त बिरुवामा डढेलाे राेगकाे प्रकाेपका कारण सबै बिरुवा सुक्दै गएकाे र फल समेत कुहिन थालेको कृषक सिघना मंण्डलले बताए । यस बर्ष २० कुईटल उत्पादन हुने अनुमान गरेता पनि राेगका कारण आफ्नाे लगानी समेत डुुुुवने हाे कि भन्दै चिन्तति भएका छन । गत बर्ष पनि काेराेना भाईरसका कारण धेरै खरभुजा खेत मै कुहिएको र यस बर्ष भने राेग लागेर धेरै नष्ट हुने उनलेे बताए ।

उनले बलाैटे खेतमा कांक्रा , फर्सि, लाैका ,करेला समेत फलाउन सफल भएका छन । एउटा तर्भुजा ५० रुपैयाँ देखि १ सय रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेकाे उनलेे बताए । उत्पादन गरेकाे खर्भुजा तथा साग सव्जि बिक्रीवितरणका लागि रंगेली दाेमहाना, कर्सिया,बिराटनगर ,ईटहरी ,दुहबी , धरान लगायतका बजारमा बिक्रीवितरणका लागि लाैजाने गरेको समेत बताए ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...