News Portal

सुनवर्सिमा लाग्दै आएकाे मेल यस बर्ष पनि सुनसान

 रबिन्द्र बराल
३३३ पटक

मोरङ -मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण  मंन्दिरमा भने सामान्य पुजा मात्रै हुदै आईरहेकाे छ । सुनवर्सि थान मंन्दिरमा विशेष पुजा आजका साथसाथै मेला समेत उल्लेख्य लाग्दै बिश्वब्यापी रुपमा दाेस्राे चरणमाकाे काेराेना भाईरसका काे लहर बडदै गएपछि यस बर्ष पनि तराईमा बैशाख १ गतेदेखि लाग्दै अएकाे सम्पुर्ण मेला नगरपालिकाले भिडभाड हुने स्थानमा कडाइ गर्ने थालेको छ । प्रत्येक बर्ष बैशाख १ गते का दिन तराईका विभिन्न देवि देउताहरु बासस्थान रहेकाे ठाउँमा झकिझकाउ सुन्दर बनाउदै आईरहेता पनि बिग बर्ष देखि भने सबै स्थान भने सुनसान हुने गरेको र सामान्य पुजापाठ मात्रै हुदै आईरहेकाे छ ।

सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भए पछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन । सुनवर्सि बाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् ।

सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समितिका अध्यक्ष कुमार बुडाथाेकीले बताए । उनलेे भने गत बर्ष र यस बर्ष मंन्दिरमा विशेष पुजा नहुदा र माल नलाग्दा समिति लाई ५ लाख रुपैयाँ सम्म घाटा लागेको बुडाथाेकीले बताए । ५० वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ ।

सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुडाथाेकीले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयार थालिएको बताए ।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...