News Portal

मोरङका सद्भाव बचत तथा ऋण सहकारी संस्थाद्वारा तीन युवा पत्रकार सम्मान

हिमालीसंचार संवाददाता
२६८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको अबसरमा मोरङका सक्रिय ३ युवा पत्रकारहरुलाई विशेष सम्मान गरेको छ।

आयोजित कार्यक्रममा हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ मोरङका निर्वाचनमा विजयी भएका जिल्ला सदस्य तथा प्रदेश पार्षदका युवा पत्रकारहरलाई सम्मान गरेको हो । संस्थाले  रंगेली र सुनवर्सिका तीन पत्रकारलाई सम्मान गरेको हो  । सद्भाव बचतले एभिन्युज टेलिभिजन मोरङका सम्बादाता, तथा हिमाली संचारडटकमका जिल्ला सम्बादाता रबिन्द्र बराल र बिरेन्द्र कुमार  साह तथा मकालु टेलिभिजनका रंगेली संबादाता दिलिप अग्रवाललाई आयोजित कार्यक्रममा खादा तथा फुलमाला लगाएर  सम्मानित गरेको हो । 

आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष  कमलेश्वर ठाकुर, संस्थाका सचिव सत्यनारायण मंण्डल, सल्लाह दिनेश ठाकुर,  समाजसेवी श्यालाल शर्मा,  मचिन्द्र कटुवाल,  संस्थाका  श्री प्रसाद ठाकुर, मनोज साह, सिताराम मंण्डल लगायतको समेत उपस्थिति समेत रहेको थियो ।

उक्त कार्यक्रममा बिजय भएका पत्रकारहरुलाई कार्यकालको शुभकामना दिदै आगामी दिनहरुमा समेत रंगेलीका सत्य तथ्य समचार सर्वसाधारण समक्ष जस्ताको त्यस्तै प्रसारण गर्न विशेष शुभकामना समते दिएका थिए। नयाँ बर्ष २०७८ सालको  शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले संस्था बिगत बर्ष झै  यस पाली पनी भितेपात्रो समेत सार्वजनिक गरेको थियो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...