News Portal

पिहु एण्ड राज कन्ट्रक्सनले समय अबधिमा काम गर्ने सकेन, कार्वाही गर्ने प्रदेश सरकार मौन

हिमालीसंचार संवाददाता
३१३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुलमा नयाँ निर्माणकार्य सुरु भएको ७ महिना बितिसक्दा समेत उक्त पुलको निर्माणकार्य सम्पन्न हुन सकेको छैन।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा  सडक विभाग सडक डिभिजन, विराटनगरले सो पुलसंगै उक्त सडकमा कामको जिम्मा पिहु एण्ड राज कन्सट्रक्शन प्रा. लि.  सुनसरीलाई गत २०७७ भदौ ३० गते उक्त पुल तथा सडक निर्माण गर्ने ठेक्का पाएको  थियो ।  सडक र पुल  विस २०७७ चैत्र ३० गते सम्म निर्माणकार्य सम्पन्न गरी जिम्मा लगाउनु पर्ने सम्झौता भएता पनि पुलको कामै सम्पन्न गरेको छैन। सडक निर्माण समेत सम्पन्न गरेको छैन । यसरी समय अबधिमा ठेक्केदार कम्पनीहरुले  निर्माणकार्य सम्पन्न नगर्दा सम्बन्धित निकाय तथा सडक विभाग भने मुखदर्सक बनिरहेको छ । 

ईन्चार्ज ईन्जिनियर सुधिर झाको अनुसार आफुले उक्त कम्पनीलाई छिटो काम सम्पन्न गर्ने तीन पटक सम्म काम सम्पन्न गर्ने पत्र काटिसकेको र बारम्बार आफुले समेत जानकारी गराई सकेको झाले बताए । केही दिन अगाडि ठेक्केदार कम्पनीका मनोज साहलाई सडक निर्माणकार्य किन ढिलाई भएको भन्ने बिषयमा उनले भने खोलामा ढुंगा बन्द भएको हुनाले काम गर्ने समस्या भएको भन्दै पन्छिन समेत खोजेका थिए ।  

यसरी समयमै काम नसक्ने  उक्त कम्पनीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जरुरी रहेको समेत देखिन्छ ।  सडक निर्माण कार्यमा ढिला सुस्ति काम भए पछि उक्त गाउँका सर्वसाधारणहरुले घुल्लामे भएर बस्न बाध्य भएको र बालबालिकाहरुलाई समेत रुघाखोकी बारम्बार लागि रहेको स्थानीय राजेश आचार्यले बताए ।

उक्त सडकका लागि प्रदेश सरकारले ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ  बराबरको  लागतमा सो सडकको कल्भट र ग्रावेल गर्ने ठेक्का पीहु  एण्ड राज कन्ट्रक्सन  ठेक्का पाएको हो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...